काठमाडौं । चर्चित वाल गायक असोक दर्जी अब काठमाडौंमा पढ्ने र संगीत सिक्ने गायक टंक बुढाथोकीले बताएका छन् । असोक दर्जीको घरमा भएको भेलामा उनले आफुले नभएर उनका बाबु आमाको अनुरोधमा असोक काठमाडौंमै पढ्ने भएका हुन् । असोक यसअघि उर्लाबारीको बेथेल स्कुलमा अध्ययनरत थिए । उनलाई कागज गराएर स्कुलका विद्यालयका प्रिन्सिपल दीपक न्यौपानेले जिम्मा लिएका थिए । तर टंकले वावुआमालाई प्रभोलन देखाएर काठमाडौं लाने भएका छन् । हिजो सडकमा हँुदा मैले स्कुलमा ल्याएर पढाए,अहिले आएर बिभिन्न बाहानामा टंक जिले लानुहुन्छ भने मेरो भन्नु केहि छैन,कागच गरेर सबै जिम्मा लिए,हुन्छ दीपक न्यौपानेले भनेका छन् ।
यसैबिच अशोक ‘भाइरल’ नभएर ‘मह’ बनाइँदैछ । अशोकलाई ‘मह’ बनाएर हात चाट्न खोज्नेले आफूलाई कथित संरक्षक बताउँदै आएको छ । यो कुरा एक सार्वजनिक अडियोबाट खुलासा भएको हो ।
हालै बाहिरिएको टेलिफोन वार्ताको रेकर्डमा अशोकलाई किन कसैले काखी च्यापिरहेका छन् त भन्ने कुरा छताछुल्ल भएको छ । अशोक दर्जीलाई काखी च्याप्ने संगीत टंक बुढाथोकीका दाजु टिका बुढाथोकी (आफूलाई टंक बुढाथोकीको म्यानेजर बताउँछन्) र दीपक न्यौपाने (अशोक अध्ययनरत विद्यालयका प्रिन्सिपल)बीचको वार्ता) बाहिरिएको हो । जसलाई वार्ता भनिएपनि अडियोमा टिका एकोहोरो मकै पड्केजस्तो पड्किएका छन् ।
https://www.youtube.com/watch?v=iCHvQjSvevE