• तुलसीपुर, दाङ, ९ साउन 

    सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताउनु भएको छ ।

    दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला आज शिलान्यास तथा तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’ घोषणा कार्यक्रममा यो युग युवा र खेलकूदको युग भएको बताउँदै उहाँले राज्यलाई दक्ष जनशक्ति खेलकूदले नै प्रदान गर्छ भन्नुभयो ।

    यस रंगशाला निर्माणले राष्ट्रिय खेलकूद परिषद्को परिकल्पनालाई साकार पार्न योगदान पु¥याउने सभामुख महराले बताउनुभयो ।

    युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तोकिएको समयमा गुणस्तरीय रंगशाला निर्माण गर्न सबैले निगरानी गर्नुपर्नेमा जोड दिनुयभयो ।

    उहाँले खेलकूद सबैको गौरव, स्वास्थ्य र संमृद्धिको प्रतिक बनेको बताउँदै देशको पहिचान स्थापित गर्न खेलकूदको विकास अपरिहार्य रहेको बताउनुभयो ।

    राष्ट्रिय खेलकूँद परिषद्का सदस्य–सचिव केशकुमार विष्टले आधुनिक प्रविधिबाट नटबोल्ड जोडेर रंगशाला निर्माण गरिने बताउनुभयो । उहाँले राखेपले तुलसीपुर, इटरी र पोखरालाई पनि ‘स्पोर्ट सिटी’को रुपमा विकास गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

    रु २४ करोड २४ लाखको लागतमा निर्माण हुन लागेको रंगशालामा तीन हजार दर्शक अटाउने क्षमता छ । रंगशाला निर्माणको ठेक्का दिवा एमए प्रतिष्ठान कन्ट्रक्सन जेभी काठमाडाँैले पाएको छ । आगामी मंसिरभित्र सो रंगशाला निर्माण गरिसक्ने गरी सम्झौतामा उल्लेख छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…