•  चितवन, ९ साउन । चितवनको भरतपुर महानगरपालिका बुधबार तनावग्रस्त भएको छ । उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले हिजो मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तीन पांग्रे व्यवसायी थप आन्दोलित भएका थिए ।

    महानगरले मुख्य राजमार्गमा तीनपांग्रे सवारीसाधनलाई गुड्न रोक लगाएपछि आन्दोलनमा उत्रिएका तीन पांग्रे व्यवसायी र प्रहरी बिच झडप हुँदा राजमार्गमा तनाव भएको हो ।

     

    झडपका क्रममा प्रहरीले गोली चलाउनुपरेको थियो । प्रहरीले चलाएको गोली लागेर एकजना प्रर्दशनकारी घाइते भएका छन् भने प्रर्दशनकारीको ढुङ्गा लागेर दुई प्रहरी जवान समेत घाइते भएका छन् ।

    प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायीले मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक भ्यानमा समेत तोडफोड गरेका छन् ।

     

    स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौ अश्रुग्यास समेत प्रहार गरेको छ । आन्दोलनकारीले प्रहरीमाथी आक्रमण गर्न खोजेपछि प्रहरीले फायरिङ गरेको बताएको छ ।

    प्रहरी र प्रर्दशनकारी विच पटक–पटक ढुङ्गा हानाहान समेत भएको छ ।आन्दोलनमा उत्रिएका तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, टूेड युनियनहरुले बुधवार भरतपुरको केन्द्रिय बस टर्मीनल क्षेत्रमा प्रर्दशन गरेका थिए ।

     

    भरतपुर महानगरपालिका भित्र साउन ५ गते देखि तिनपाङग्रे सवारी साधनलाई मुख्य राजमार्गमा संचालनमा रोक लगाउने निर्णय गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…