• काठमाडौं । सरकारले सुविधासम्पन्न अस्पतालमा लिएर आएको भनेर ढुक्क बसिरहेको अवस्थामा आजसम्म डा.केसीको उपचारका लागि मेडिकल टिम नै बन्न सकेको छैन । स्वतस्फुर्त रुपमा आवासीय चिकित्सक र केही शुभेच्छुक चिकित्सकहरुले स्वास्थ्य अवस्थाबारे जानकारी लिदै आइरहेको भएतापनी , अस्पतालले एउटा मेडिकल टिम बनाएर चौबिसै घण्टा डा.केसीको स्वास्थ्य स्थितिलाई निगरानी गर्न तर्फ कुनै पहल गरेको छैन । रातमा त झन कोही पनि हुदैन , डा.केसीकै साथमा रहदै आएका किशोर केसीले जानकारी गराए ।

    यसैबिच , उपचारमा संलग्न आवासीय चिकित्सकहरुले बुधबार पत्रकार सम्मेलन गरी डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराए  । पत्रकार सम्मेलनमा , आफुहरुले ड्युटीको समय मिलाउदै उपचारमा संलग्न भइरहेको जानकारी गराए ।

    आवासीय चिकित्सकहरुका अनुसार आज १५ औँ सत्याग्रहको २६ औँ दिनमा आउदा, डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेको छ । उनको सेतो रक्तकोशिका (WBC) को संख्या हालसम्मकै न्यून भएको छ ।

    रगतमा सुगरमा मात्रा अत्यन्त कम भएकाले उहाँ जुनसुकै बेला अचेत अवस्थामा पुग्न सक्नुहुनेछ । रगतमा पोटासियम अति नै कम भइसकेको र मुटुको चाल पनि अत्यन्त कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आइ मुटु नै बन्द हुनसक्ने अवस्था आउनसक्छ ।

    डा.केसीको रक्तचाप पनि अत्यन्त कम रहेको छ । यसरी मुटुको चाल, धड्कन र रक्तचाप को समन्वय नमिल्दा कुनै पनि बेला गम्भीर समस्या आउन सक्नेछ ।

    पत्रकार सम्मेलनमा बोल्दै डा.लक्ष्मण भुषालले डा.केसीले बिस्तारै होस गुमाउदै जानु भएको जानकारी गराए ।  " हिजो भर्खर मैले आफै बसेर सरको रगत जाँचको लागि पठाएको थिएँ, आज त्यही कुरा उहाँले बिर्सीसक्नु भएको रहेछ । " केहिदिन यहि अवस्था रहिरहे , दिमागमा गम्भीर असर पर्न गइ अचेत हुने , छारे आउने र कोमामा जाने अवस्था पनि आउन सक्छ ।

    चिकित्सकहरुका अनुसार , यो अवस्थाको बिरामीलाइ आइसियुमा राखेर उपचार गर्नु पर्ने हुन्छ तर डा.केसीले यस अघि नै आफू होसमा रहुन्जेल आइसियुमा नजाने बताइसकेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…