एक हुल ठिटाहरु ठुलीको पछि पछि उसलाई जिँस्काउदै पछ्याइरहेछन। जिरिङ्ग कपाल पारेकी, अस्तव्य शरीरको कपडा , खुट्टा बेठेगानमा अघि सार्दै ठुली तिनीहरुबाट ओझेलमा पर्न खोज्छे।
ठुलीलाई जिस्काउन मसिनो ढुंगा हान्दै झन अघि बड्दै खित्का हाँसो उडाँउदै झनझन तिनीहरु ठुलितिर बड्दै जान्छन् ।ठुलिको पारो चड्छ भन्छे- मेरो गु खान आछौ। तिनीहरु झन खित्का छाडेर हाँस्छन। एउटाले भन्छ-वा क्या च्याँक रैछ यार। अर्को थप्छ- अँ यार बौलेनी भए पनि पट्ठा रैछे। फेरि ती केटाहरु गलल हासँछन र अघि बडिरहेकी ठुलीलाई हैरान पार्दै उसलाई पिछा गर्न छाड्दैनन तिनिहरु। रोए रिसाएको मिसृत भावमा ठुली तिनिहरुलाई हकार्छे- आफ्नी आमालाई जिस्काओन।"
सबैबाट छलिएर ठुली जंगलमा पुग्छे ।सालको फेदमा अडेस लागेर बस्छे र गहँभरि आँसु झार्दै फेरि उहीँ तितो बिगत सम्झन्छे।
एक घंटाको बाटो हुँदै जानुपर्ने बिध्यालय बिच बाटोमा जंगल थियो।भएका साथीहरूपनि छोडिसकेका थिए।घरको काम सकि हिड्नुपर्ने भएकोले अलि अबेर भएको थियो।
परबाट6/7 जनको समुहमा आएका युवाहरु आउदै हुन्छन् ।एक्लै हिड्दै गरेकी ठुलीमाथी एक्कासि आक्रमण गर्न पुग्छन् ।डर र त्रासले लगलग काम्दै ठुली रुन लाग्छे।हार गुँहार ,रोइ कराइ कसैले सुन्दैन उस्को कुरा।अन्त्यमा ती राक्षसहरुले पालैपालो बलात्कार गर्छन। बिचरी ठुली धर्धर आँसुको खोलो बगाउदै अनुनय बिनय गर्छे, नगर्नुहोस् दाइ"ऐया " "ऐया" म मरे ठुली बेहोस हुन्छे । होसमा आउदा ठुली बिरुप थिइ। शरीरबाट रगत चुहिरहेको थियो। ऐया नि आमै पोल्यो।
उस्ले मुस्किल मुस्किलले आफुलाइ सम्हाली। यत्रतत्र छरिएका आफ्ना कपडा आफ्नो जिउभित्र छिराइ उसले जिवनमा कहिल्यै भोग्नुनपरेको पापिस्ट कार्य एकाएक आज भोग्न बाध्य भैइ।लथालिङ्ग भएको कपाल, कपडा हरु समाल्दै दिनभरी एउटा चौतारीमा बसि आफ्नो मरेको जिउलाई तङराई ।के तङराउथी आँसुको आहालमा डुँबाई।साँझ मनमा अनेक तर्कना लिदै ठुली घर लागि।
यो कुरा था पाए भने के होला? कसरी भन्ने यस्तो कुरा? उल्टै बेइज्जत हुने मेरै त होनि सोच्दै ठुली घर पुग्छे! कसैलाई केही भन्दिन सुनाउदिन कुनै कुरा। 10 कक्षा पड्दै गरेकी ठुली अब विद्यालय जान छोडछे
दिन बित्दै जान्छ। बिस्तारै बिस्तारै ठुलिको पेट सार्हो हुँदै बड्न लाग्छ जिउ भारी बन्दै गएको छ। घटना घटेको 4 महिना बितिसकेछ,
मनभित्र उकुसमुकुस कुरा खेल्छ अब के गर्ने? कसो गर्ने?यो कुरा एक न एकदिन अवस्यबाहिर आँउछ त्यतिबेला के भन्लान् गाउँघरका मान्छेले, आफन्तले के भन्लान, यस्तै यस्तै कुराले मुटु पोल्छ ठुलिको।
एकदिन ठुली अज्ञात गाउँमा लुखुर लुखुर हिन्दै थिइ ।त्यस्तै झिसमिसे साझँको बेला एकाएक उस्ले चर्कोचर्को स्वरमा महिलाहरुको आवाज सुनी। उस्ले आफ्नो दृस्ठि त्यतैतिर लगाई। जिन्दावाद मुर्दावाद भन्दै।
नजिक आइसकेपछी उस्ले सुनी:
बलात्कारिलाई छोड्ने छैनौ।छोड्ने छैनौ ।छोड्ने छैनौ।
महिला एकता जिन्दावाद ।जिन्दावाद । जिन्दावाद ।
ठुली महिलाहरूले नारा जूलूस गरेको ठाउमै पुगि। बलात्कारिलाई छोड्ने छैनौ भन्ने नारा सुन्नासाथ ठुलिको होस ठेगानमा आइसकेको थियो। आफ्ना सबैकुरा ठुलिले उनिहरुका अघि पोखिदिइ। त्यसपछी महिलाहरू आफ्नो बाटो लागे। ठुली पनि उनिहरुकै बिचमा लागेर उनिहरुसगै कुरा गर्दै गई।
कमला भट्टराई