• भक्तपुर । श्याम हरि शिवभक्ति लामो समय देखि चलचित्र सम्बन्धि पत्रकारिता गर्दै आएका एक व्यस्त पत्रकार मध्यमा पर्दछन् ।

    नेपालमा विभिन्न ठाउँमा हुने स्टेज कार्यक्रममा पनि उनको सहभागिता हुने गरेको देखिन्छ । युवा पत्रकारको प्रतिनिधित्व गर्दै अगाडी बढेका उनको बोल्ने तरिका र व्यवहारले नै धेरै दर्शकहरुको मन रिझाएको छ ।

    पत्रकारिताको हिसाबले होस या कार्यक्रम प्रस्तोता राम्रो ढंगले मेहनतको साथ आफु दर्शकहरुको मनोरंजनको लागि अगाडी बढ्ने उनको भनाई रहेको छ ।

    युटुबमा पनि धेरै नेपाली सेलिब्रिटीहरुको अन्तर्वार्ता लिएर चर्चामा आएका उनलाई दर्शकहरुले निकै गहिरो हिसाबले मुल्यांकन गरिरहेको बुझिन्छ । पछिल्लो समय नेपाली चलचित्र पत्रकारिता क्षेत्रमा उनको छुट्टै किसिमको परिचय स्थापित भईसकेको छ ।



    उनी एक रेडियोकर्मी समेत हुन् । निकै नरम र हँसिलो पारामा बोल्ने उनको बानी र कार्यक्रम संचालन गर्ने उनको फरक तरिकाले पछिल्लो समय उनी आम दर्शकको मनमा बस्न त सफल भएका छन् नै साथ साथै विवादित पनि भएका छन् ।

     

    भर्खरै मात्र एउटा सनसनीपुर्ण टेलिफोन वार्ता सार्बजनिक भएको छ जसमा अशोक दर्जीका प्रधानाध्यापक दिपक न्यौपाने र टंक बुढाथोकीका दाजु टिकाराम बुढाथोकीको संवाद थियो ।

    अशोक दर्जी पढ्ने विद्यालयका प्रधानाध्यापक दिपक न्यौपानेले टंक बुढाथोकीका दाजु टिकाराम बुढाथोकीसँग गरेका फोन संवाद सामाजिक संजालमा सार्बजनिक भएको हो । उक्त फोन संवादमा अशोक दर्जीलाई कसरि प्लान गरी गरी प्रयोग गर्दै आएको छ भन्ने कुरा गरिएको छ।

    श्याम हरि भन्छन्,'मैले स्ट्रिंग अपरेसन गरेर यत्रो सत्यता बाहिर ल्याय तर आलोचना मेरो नै भयो। अन्धो भक्त जस्तो दर्शक टंक र टिकाको भक्तिमा नै लागिरहन्छन् भने मेरो भन्नु केहि छैन।'

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…