• काठमाडौं, ११ साउन । केपी शर्माओली नेतृत्वको सरकारका अधिकांश मन्त्रीहरु दुई करोड बढि पर्ने गाडीमा चढ्ने गरेका छन् ।

    प्रधानमन्त्री ओलीले आर्थिक मितव्ययिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने बताएका थिए । तर, उनकै सरकारमा अधिकांश सदस्यहरु दुई करोड रुपियाँ मूल्यका गाडी चढिरहेका छन् ।

    अघिल्लो पटक मन्त्री बन्दा साइकलमन्त्रीको परिचय बनाएका लालबाबु पण्डित समेतअहिले एक करोडको गाडी चढिरहेका छन् ।

    उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री इश्वर पोखरेल र स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चढ्ने टोयोटा ल्याण्डक्रुजरलाई दुई करोडभन्दा माथि मुल्य पर्छ ।

    त्यस्तै वनमन्त्री शक्तिबहादुर बस्नेत चढ्ने याण्डक्रुजर प्राडो, खानेपानी तथा सरसफाइमन्त्री विना मगर चढ्ने ल्याण्डक्रुजर, सञ्चारमन्त्री गोकुल बास्कोटा चढ्ने टोयोटा ल्याण्डक्रुजरको मुल्य दुई करोड माथि पर्छ ।

    गृहमन्त्री रामबहादुर थापा (एक करोड ५५ लाख रुपियाँ मूल्यको मित्सुविसी पजेरो), कृषिमन्त्री चक्रपाणी खनाल (एक करोड २९ लाख रुपियाँ मूल्यको फोर्ड इन्डेभर), अर्थमन्त्री युवराज खतिवडा (एक करोड २५ लाख रुपियाँ मूल्यको निशान एक्सट्रेल), शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई (एक करोड छ लाख रुपियाँ मूल्यको फोर्ड इन्डेभर) चढ्ने गरेका छन् ।

    ऊर्जामन्त्री बर्षमान पुन (९३ लाख रुपियाँको हुण्डाई टक्शन), शिक्षामन्त्री गिरिराजमणि पोखरेल (७८ लाख रुपियाँको महिन्द्रा एक्सयुभी ५००), खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (६२ लाख ५६ हजार रुपियाँको हुण्डाई क्रेटा), वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव (६० लाख रुपियाँको टाटा स्ट्रोम) चढिरहेका छन् ।

    भारतजस्तो उदयमान देशका मन्त्रीहरुसमेत आफ्नै देशमा निर्माण भएका सामान्यस्तरका टाटाका गाडीहरु चढ्ने गरेपनि नेपालजस्तो आर्थिक रुपमा दयनीय अवस्थामा रहेको देशका कम्युनिष्ट भनाउँदा मन्त्रीहरु भने विलासी गाडीमा सवार हुन्छन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…