•  

    अनिस तामाङ/यु.ए.इ

    जुलाई-२७

    नेपाल आदिवासी जनजाति महासंघ युएई र उक्त महासंघ अन्तरर्गतका ११ वटा जातीय संघ संस्थाहरु मिलेर संयुक्तरूपमा २४ औं विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाउने तयारी गरेको हो ।

    महासंघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङले विश्व आदिवासी दिवसलाई भव्यतामा साथ मनाउन आगामी अगष्ट १० तारिखमा ”पहिचान, प्रतिनिधित्व र स्वायत्तताको लागि आदिबासी जनजातिको अडान,पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान“ भन्ने मुल नाराको साथ युएईको दुबई स्थित कार्ल्टन होटलमा भव्य कार्यक्रम आयोजना हुने उज्यालो नेपाललाई जानकारी दिए ।

    वरिष्ठ उपाध्यक्ष तामाङले गत शुक्रबार महासंघको बैठकबाट उक्त कार्यक्रमको मुल समिति नेपाल आदिबासी जनजाति महासंघ युएई रहने गरि संस्थाका प्रतिनिधिहरुलाई कार्यविभाजन समेत गराएका बताए ।

    जस अन्तरर्गत कार्यक्रम संयोजकको जिम्मा महासंघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, आर्थिक विभागमा कोषाध्यक्ष नर बहादुर सुनुवार, प्रचारप्रसार विभागमा महासचिव सनिल घिसिङ लगायत एघार वटैै संघसंस्थाका प्रतिनिधि रहने गरि जिम्मेवारी दिएका छन् ।

    साथै प्रायोजक प्रमुखमा महासंघका अध्यक्ष पासाङ शेर्पा र पुर्वअध्याक्ष डिआर गुरुङ रहने भएका छन । मिडिया पार्टनरको जिम्मा भने उज्यालो नेपाललाई दिएको छ ।

    कार्यक्रममा विभिन्न जातजातिहरुको संयुक्त झाँकी तथा भेषभुषा प्रदर्शन, आवद्ध ११ वटै संस्थाबाट जातीय पहिचान झल्किने विभिन्न प्रस्तुति दिनेछन् भने स्थानीय कलाकारहरुको समेत बिजोड प्रस्तुतिका साथै निरन्तर संस्थामा रहेर समुदायलाई महत्वपूर्ण योगदान दिएका व्यक्तिहरुलाई नागरिक अभिनन्दन सहित लाइफ टाईम अवार्ड समेत प्रदान गर्ने तयारी गरिरहेका छन् । उक्त कार्यक्रममा विभिन्न जातीय पहिचान झल्काउने सामाग्री तथा परिकार सहितको प्रत्येक समुदायहरुको बेग्लाबेग्लै स्टल रहनेछन् ।

    विश्व आदिवासी दिवस १९९४ बाट संयुक्त राष्ट्र संघले विश्व भरका आदिवासी जनजातीहरुको दयनीय अवस्था, राज्यबाट उपेक्षित हुनु परेको, उनीहरुको मौलिक पहिचानको संरक्षण, सम्बर्द्धन र विकास गर्ने,प्राकृतिक स्रोत साधन माथि अग्राधिकार, मौलिक हक, राज्य संचालन मा उनीहरुको पहुँच र प्रतिनिधित्व स्थापित गर्ने कार्य राज्यको जिम्मेवारी हो भन्ने स्वीकार गरेको उपलक्ष्यमा विश्वका सबै देशहरुमा आदिवासीहरुले यो दिवस मनाउन थालेको हो । प्रत्येक वर्ष अगष्ट ९ मा मान्दै आएको यो दिवस प्रवासमा भने समय अनुकुल नेपालीहरुको छुट्टिको दिन पारेर मनाउने गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…