• पथरीशनिश्चरे, ११ साउन

    मोरङको पथरीशनिश्चरेस्थित ‘पथरी अनलाइन’ डिजिटल पत्रिकाले नगरका १० वटै वडाका लागि सुझाव पेटिका प्रदान गरेको छ । आज एक कार्यक्रमकाबीच पथरी अनलाइनका प्रवन्धक सुमन खनालले नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई सुझाव पेटिका हस्तान्तरण गर्नुभयो । वडा कार्यालयमा तथा वडा क्षेत्रमा हुने विकास निर्माणका काम कारवाहीप्रतिको सुझाव तथा गुनासा सुनुवाई ग्रहण गर्ने परिपाटीको विकास गर्न सुझाव पेटिका प्रदान गरिएको खनालले उल्लेख गर्नुभयो । पथरी डिजिटल नेटवर्कद्वारा सञ्चालित पथरी अनलाइनले सामाजिक उत्तरदायित्व अन्तर्गत १३ हजार रुपैयाँ वरावरको पेटिका प्रदान गरिएको उहाँले जनाउनु भयो ।


    पथरी अनलाइन ले स्थानिय घटना परिवेश पर्यटनलाई बिश्वब्यापी रुपमा लैजान ठूलो भुमिका खेल्ने तथा आगामी दिनहरुमा यस्त बिबिध कार्यहरुलाई निरन्तरता दिने संचालक अशोक खनालले जानकारी दिनुभयो । उपप्रमुख वास्तोलाले सुझाव र गुनासा सुनुवाईलाई सहज बनाउन प्राप्त भएको सुझाव पेटिकाको उपयोगले सुशासन र पारदर्शीतामा थप सहयोग पुग्ने वताउनु भयो । उपप्रमुख वास्तोलामार्फत वडा नम्बर १ का अध्यक्ष बाबुराम एङ्देन, ९ का सदस्य कुरुक्षेत्र नेपाल सहितले सुझाव पेटिका बुझेर लानु भएको छ ।














सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…