• काठमाडौँ, साउन ११ । पूर्व स्वास्थ्यमन्त्री तथा काँग्रेस सांसद गगन थापाले डा. गोविन्द केसी अनसनमा रहेका बेला चिकित्सा शिक्षा अध्यादेश विपरित सरकारले नयाँ विधेयक अगाडी बढाएको विरोध गर्दै सदनमा दिएको अवरोधको सूचना फिर्ता लिएका छन् ।

    थापाले सरकार र डाक्टर गोविन्द केसीबीच भएको सहमतिको स्वागत गर्नुका साथै सरकारलाई धन्यवाद दिएका छन् ।

    नेपालको चिकित्सा क्षेत्रमा आएको वेथितिका नियन्त्रणका लागि निरन्तर संघर्ष गरेका शत्रु डा. गोविन्द केसीको संघर्षबाट प्राज्ञिक संयन्त्र बनेको थापाले बताए ।

    डा. केसीको आन्दोलनमा सक्रिय सहभागिता जनाएका कांग्रेस सांसद थापाले आफूले नै डा. केसीको वार्ता टोलीलाई विधेयक फिर्ता नलिँदासम्म वार्तामा नबस्ने अडान छाड्न आग्रह गरेको तर, आफैंलाई वार्ता भाँडेको आरोप लागेको गुनासो गरे ।

    आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘वार्तालाइ भाँड्ने षड्यन्त्र भयो भनेर चर्चा भयो । मलाई टिप्पणी गर्नु छैन, विधेयक फिर्ता लिने अडान छाड्नुस्, कन्टेन्टमा छलफल गर्नुहोस्, सम्झौतामा पुग्नुहोस् भन्ने पहिलो व्यक्ति म हुँ ।

    उनले आफूले विगत देखि नै गोविन्द केसी ‘जोगी’ रहेको र कसैको झोला बोक्ने मान्छे नभएको बताउँदै आएको उल्लेख गरे। ‘प्रधानमन्त्रीले पाखुरा बटारेर सत्याग्रह हुन्छ भन्नुभयो। साथीहरुलाई प्रतिरक्षा गर्न भन्नुभयो। अनि कतिपयले देश निकाला गर्नुपर्छ। कतिपयले अधिनायकवादी। कतिपयले लडाकुको भेषमा आएको भन्नुभयो। तपाईँहरुले बोलेको कुरा रेकर्डमा छ।‘

    उनले पटक पटक एउटै व्यक्ति अनसन बस्ने विषय लाजको विषय भएको बताए।

    ‘असनको श्रृंखला यसपटकलाई अन्तिम बनाउँ’, थापाले भने, ‘यो पटक केसीलाई पनि हार्न दिन्नौँ। हामी पनि हार्दैनौँ। नेकपाले पनि यसको जिम्मा लिन्छ। कांग्रेस त आफैँ अध्यादेश लिएर आएको छ। आजको गरेको स्मझौतालाई कानुनमा लिएर जाने कुरामा शतप्रतिशत सहयोगको रुपमा लिन्छ।‘

    उनले आफूले राखेको विरोधको सूचना भन्दा परिस्थिति फेरिएकाले सूचना फिर्ता लिने बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…