• उर्लाबारी १० साउन । उर्लाबारी उद्योग वाणिज्य सङ्घको ३० औं वार्षिक साधारण सभा भदौ ९ गते हुने भएको छ । चुनावी साधारण सभा भएकोले यो पटक सङ्घको नेतृत्व हत्याउन दुईवटा गठबन्धन प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
    लोकतान्त्रिक गठवन्धनले निर्वाचनको मिति घोषणा हुन्  एक साता अघि नै आफ्ना साझा उम्मेद्वारको नाम टुङ्गो लगाइसकेको छ भने सरकार पक्षीय वाम गबन्धनले मङ्गबार उम्मेद्वारको नाम सार्वजनिक गरेको छ । उम्मेद्वारको नाम सार्वजनिक भएसँगै उम्मेद्वारहरू ब्यापारी,उद्योगीका घरदैलोमा पुगेर आफ्ना प्रतिवद्धता प्रकट गरिरहेका छन् ।
    उद्योगी ब्यापारीको घर दैलोमा पुग्नेमा सबैभन्दा अघि लोकतान्त्रिक गठबन्धनका महासचिवका उम्मेद्वार हेमराज गुरुङ छन् ।
    लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार भएपनि उनी दलीय राजनीतिसँग उति साह्रो नजीक छैनन ।उनी भन्छन्–आस्था हरेको हुन्छ । ब्यापारीको हक, अधिकार र ब्यावसायिक सुरक्षा उनको‘बटमलाइन’हो । उनले भने–‘ अहिले कार्य समिति सदस्य छु ,यो कार्यकाल पनि सुखद रह्यो । जुन महत्वाकांक्षा बोकेर वाणिज्य सङ्घ प्रवेश गरेको थिएँ । त्यो पुरा हुन सकेन । त्यसैले यो पटक कार्यकारी पद महासचिवमा उम्मेद्वारी दिने पक्का भएको छ । उनले सामाजिक अभियन्ताको रुपमा थुप्रै काम गरेका छन् । उनी भन्छन्–हिजो र आजको राजनीतिक ब्यवस्था र संरचना फरक छ । स्थानीय निकाय स्वायत्त छ । सहकार्यमा धेरै काम गर्न सकिन्छ । उनले राजघाटको दुर्गापुरीमा सञ्चालन गरेको उज्यालो अभियानलाई उर्लाबारी र मङ्गलबारे सम्म विस्तार गर्ने योजना रहेको सुनाए ।

    शासन, भाषण र आसनका लागि पद चाहिएको होइन । उनले थपे–उद्योगी ब्यापारीको ब्यापारिक सुरक्षा र अधिकार स्थापना मेरो अर्जुन दृष्टि हो । सबैले यही कुरा भन्छन नि भन्ने जिज्ञाषामा उनले हाँस्दै भने– म सँग नयाँ कुरा पनि छ । त्यो हो, ब्यापारीको पसल, उद्योग र कारखानाको बीमाको ब्यवस्था गर्ने । हामी आज सम्म पनि बीमा बारे चासो राख्दैनौं । लाखौं लगानी ग¥यो । कहिले बाढीले दुख दिन्छ , कहिले आगलागी हुन्छ, कहिले चोरिन्छ , कहिले लुटिन्छ । कम्तीमा एउटा बीमा कोष तयार गरेर ब्यापारीको ७० प्रतिशत र वाणिज्य सङ्घको ३० प्रतिशत लगानी गरी साझेदारीम बीमा गर्न सकिन्छ ।
    हेमराज लोकप्रियताको तालीको पक्षमा छैनन । उनी भन्छन–सुझाव सहितको गाली आओस ,सचिन्ने मौका मिल्छ । अझ रमाइलो पक्ष त उनले औषधोपचार गर्न नसकेर थला परेका धेरै विरामीका लागि उपचार खर्च जुटाउन सहयोग पु¥याएका छन् । उनका छिमेकीहरू भन्छन– हेमराजले धेरैको ज्यान बचाउन सहयोग गरेका छन् । सामान्य खेलकुद होस वा विकास निर्माणका काम, पुराण होस या कुनै सामाजिक अभियान, हेमराजको दैलामा पुग्नेहरू खाली हात फर्किका छैनन ।
    हेमराज पहिले मोवाइल पसल गर्थे । पछि २०६८ देखि सुन पसल तिर लागे । ५ वर्ष वैदेशिक रोजगारमा कठिन श्रम गरेपछि उनी ब्यावसायमा लागेका हुन् । ताप्लेजुङ दोखुमा जन्मिएका ३७ वर्षीय ब्यावसायी गुरूङले अहिले आफ्नो उर्लाबारी–८ स्थित तमु सुन चाँदी पसलमा ४ जनालाई रोजगार दिएका छन् । उनले आफू महासचिव भए आन्तरिक राजश्व कार्यालयको शाखा उर्लाबारीमा ल्याउन पहल गर्ने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…