• विराटनगर, साउन १२ गते ।





    प्रदेश नं १ मा शुक्रबारका दिन अपराध र दुर्घटना धेरै हुने गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त दिन मध्याह्न १२ देखि साँझ ६ बजेसम्म प्रदेशका १४ जिल्लामा अपराधका घटना र दुर्घटना बढी हुने गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । शुक्रबारका दिन मादकपदार्थ सेवन गर्नेको संख्या अत्यधिक हुने र शनिबार बिदा भएका कारण आपराधिक घटना र दुर्घटना बढी हुने गरेको प्रहरी नायब महानिरीक्षक एवं प्रदेश प्रहरी प्रमुख केदार रिजालले बताउनुभयो ।

    उहाँले गत वर्ष शुक्रबारका दिन मात्र एक हजार १२८ घटना भएको तथ्यांक पेश गर्नुभयो । प्रदेश कार्यालयका अनुसार अपराधजन्य क्रियाकलाप असारमा बढी हुने गरेको छ ।

    गत आव २०७४÷०७५ मा सबैभन्दा बढी असारमा ८७७ अपराधजन्य क्रियाकलाप भएको प्रमुख रिजालले बताउनुभयो । कार्यालयका अनुसार गत वर्ष साउनमा ५७७, भदौमा ६००, असोजमा ५९४, कात्तिकमा ५४५, मंसिरमा ५५२, पुसमा ५०१, माघमा ५३७, फागुनमा ६६७, चैतमा ६९४, वैशाखमा ६८९, जेठमा ८५० र असारमा सबैभन्दा बढी ८७७ अपराधका घटना भएका छन् ।

    प्रदेश कार्यालयले प्रदेशमा आपराधिक घटना न्यूनीकरण र नियन्त्रणका लागि विशेष सुरक्षा अभियान सञ्चालन गरेको छ । प्रमुख रिजालले कार्यालयले अपनाएको सुरक्षा रणनीतिअनुरुप घरघरमा प्रहरी टेलिफोन नंसहितको जानकारीमूलक स्टिकर टाँस्ने अभियानदेखि राजमार्ग विशेष सुरक्षा जाँच अभियान, ग्रामीण सुरक्षा गस्ती तथा सीमा क्षेत्रमा उच्च सतर्कता अभियान सञ्चालनका कारण अपराधका घटनामा कमी आएको जानकारी दिनुभयो । रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…