• हेटौँडा, १२ साउन 

    प्रदेश नं २ का तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश नं ३ का सिन्धुली र चितवनमा वर्षात् र गर्मीको प्रकोपले सर्पदंश बढेकाले एन्टीभेनम सुई उपलब्ध गराइएको छ । ती दुवै प्रदेशका जिल्लाका स्वास्थ्य संस्थामा सर्पदंशबाट प्रभावित व्यक्तिलाई तत्काल उपचार गनै एन्टीभेनम सुईको भायल शुक्रबार उपलब्ध गराइएकोे क्षेत्रीय मेडिकल स्टोर हेटौँडाले जनाएको छ । एन्टीभेनम सुई १५० देखि बढीमा ८०० भायलसम्म सम्बन्धित जिल्ला अस्पताल, स्वास्थ्यचौकी र प्राथमिक उपचार केन्द्रमा पठाइएको मेडिकल स्टोरका प्रमुख रमण झाले बताउनुभयो । सो एन्टीभेनम सुईको भायल २ नं प्रदेशका जनकपुर अञ्चल अस्पताल, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, महोत्तरी जिल्ला अस्पताल, रौतहट जिल्ला अस्पताल, कलैया जिल्ला अस्पताल, मलगंवा जिल्ला अस्पताल, नवलपुर स्वास्थ्यचौकी सर्लाही र निजगढ स्वास्थ्यचौकी बारामा उपलब्ध गराइएको छ । यसैगरी प्रदेश नं ३ का सिन्धुली जिल्ला अस्पताल र भरतपुर अस्पतालमा एन्टीभेनम सुई उपलब्ध गराइएको क्षेत्रीय मेडिकल स्टोरबाट थाहा भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…