• २०७५ श्रावन १२

    रातोकलम काठमडौ।

    याकथुङ युवा मञ्च काठमाडौंको दोस्रो अधिबेशन सम्पन्न भएको छ।

    सँयुक्त रास्ट्रसँघ आदिबासी मामिला स्थाई समिताका उपाध्यक्ष तथा एसिया प्रतिनिधि फुलमान चौधरीको प्रमुख आथित्य तथा मन्चका अध्यक्ष ऋतुराज तेयुङको
    अध्यक्षतामा भएको उक्त कार्यक्रममा सिसेक्पा कप फुटसल प्रतियोगिता 2075 को बिजेता

    ताप्लेजुङ काठमाडौं युवा मञ्च तथा उपबिजेता  लिम्बू विद्यार्थी मञ्च  टिमहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो।

    कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले नेपालको सवालमा आदिवासी जनजातीहरु पछि पर्नुको कारण राजनैतिक हैसियत नराख्नु नै रहेको बताउदै युवाहरुलाई आर्थिक राजनैतिक र सामजिक बिकासको लागि सचेत हुन आग्रह गर्दै सँयुक्त रास्ट्रसँघ युवाहरु सङ्ग मिलेर काम गर्न तयार रहेको बताए ।

    कार्यक्रममा प्रमुख अथिति चौधरीले लिम्बु केलाङ्ग बाजाएर औपचारिक सुरु गरिएको अधिवेशनलाई निबर्तमान सचिव संगीता सुहांङले संचालन गरेको थियो ।

    अधिबेशनले पुरानो समिती विघटन गरि नयाँ समितिको चयन गरेको छ।

    निबर्तमान अध्यक्ष  ऋतुराज लिम्बूलाई नै सर्बसम्मतिले चयन गर्दै नयाँ बनेको समितीमा क्रमस:
    उपाध्यक्ष
    असन लिम्बू,
    उपाध्यक्ष
    सँङ्गिता सुहाङ
    सचिब
    बिजय खुदाङ
    सहसचिव
    मुक्ती लिम्बू
    कोषाध्यक्ष
    बिनु खापुङ
    तथा सद्स्यहरु क्रमशः
    बिनु लक्सम,
    प्रतीक्षा खापुङ,
    सामोएल सोदेम्बा,
    सबिन लिम्बू
    मनिस आङ्बो
    गरि जम्मा एघार सदस्यीय रहनेगरी समिति गठन भएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…