• बिराटचौक/ नेपाली गीतसंगीत तथा साहित्य क्षेत्रको श्रीबृद्धिमा निरन्तर योगदान पुर्याउँदै आएका आठजना स्रष्टाहरु सम्मानित भएका छन्।

    मोरङको बिराटचौकमा शनिबार आयोजित एक साहित्यिक-साङ्गीतिक कार्यक्रमकाबिच बरिष्ठ संगीतकार राजु सिं, वरिष्ठ गायक लाक्पा शेर्पा, गायक यम बराल, कवि मनु मन्जिल, गायिका सत्यकला राई, संगीतकर/गीतकार जे.बि. थुलुङ, गीतकार/कलाकार रमेश कार्की र गायक संजिव धिमाल सम्मानित भएका हुन्।

    कलाकार राष्ट्रका गरिमा, निधि र पहिचान हुन् भन्ने नाराकासाथ सो सम्मान कार्यक्रम स्थानीय रेडियो सुसेली १०६.३ मेगाहर्जको सांगितिक कार्यक्रम "नझरेका फूलहरु" ले आयोजना गरेको हो।

    कवि मनु मन्जिलको "दुस्मन" कविता सुनेर उत्साहित बनेका दर्शक/श्रोताहरु लाक्पा शेर्पाले "झस्केर दुख्छ यो मुटु मेरो, हे कन्छा मलाई सुनको तारा खसाई देउ न... आदि गीतहरु प्रस्तुत गर्दा आल्हादित भएका थिए।

    त्यस्तैगरि यम बरालले "बादलुको घुम्टोले, निष्ठुरीले छाडेर गईहाली, सनम मायाँ ला'को" आदि गीतहरु प्रस्तुत गर्दा दर्शक/स्रोता मन्त्रमुघ्द बनेका थिए भने गयिका सत्यकला राईले "तिमीलाई हङ्कङ पुर्यायो, पूर्बै धरान.. जस्ता पूर्बेली भाका गाउँदा सम्मानित स्रष्टाहरु लगायत स्थानीय स्रष्टा तथा प्रबुद्ध ब्यक्तिहरु स्टेजमा नाच्न पुगेसंगै कार्यक्रमको माहोल रोमाञ्चक बन्न पुगेको थियो।

    कार्यक्रममा आ-आफ्ना प्रस्तुतिहरु राख्ने क्रममा स्रष्टाहरुले कार्यक्रम "नझरेका फूलहरु" मार्फत कार्यक्रम प्रस्तोता के.पी. घिमिरेले नेपाली साहित्य, कला र  सुगम संगीतको संरक्षण-संवर्धनमा योगदान पुर्याएको भन्दै प्रशंसा गरेका थिए। कार्यक्रममा बोल्दै बरिष्ठ संगीतकार राजु सिं ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाली संगीतलाई स्तरिकरण एवं प्रसार गर्दै मुलुकको पहिचान उँचो बनाउन आफूले सधैं प्रयत्न गर्ने बताए।

    सुन्दरहरैंचा उद्योग बणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा प्रस्तोता घिमिरेले आफ्नो जीवन रहुन्जेल कला, साहित्य र गीतसंगीतसंगै स्थानीय क्षेत्रको प्रबर्धनका निम्ति निरन्तर काम गरिरहने प्रतिबद्धता ब्यक्त गरे। प्रस्तोता घिमिरे बिगत आठ बर्षदेखी रेडियो कार्यक्रम "नझरेका फूलहरु" संचालन गर्दै आईरहेका छन्।

     

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…