• भट्टराई, शाक्य र खड्गी दाबेदार

    रूपेन्द्र शेर्मा
    उर्लाबारी, १२ साउन ।
    पूर्वी मोरङको व्यापारिक वृत्तमा सर्वाधिक चासोको विषय रहने उर्लाबारी उद्योग वाणिज्य संघको चुनावी चहलपहल सुरु भएको छ । ३० औं साधारणसभाअन्तर्गत आगामी भदौ ९ गते हुने संघको निर्बाचनका लागि चहलपहल सुरु भएको हो । संघका वर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई ‘भरत’, पूर्व अध्यक्ष धर्मराज शाक्य र पूर्व महासचिव प्रितम खड्गी अध्यक्ष पदका दाबेदार देखिएका छन् । 
    भट्टराईलाई नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट उद्योगी व्यापारीहरुको साझा उम्मदेवारका रुपमा उभ्याइएको छ भने खड्गीलाई नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवाननिकट उद्योगी व्यापारीहरुको गठबन्धनले उम्मेदवार बनाएको हो । उता, शाक्यले भने स्वतन्त्ररुपले उम्मेदवारी दिने बताएका छन् ।
    संघका वरिष्ठ उपाध्यक्षमा कम्युनिष्टसहितको गठबन्धनले इन्द्रबहादुर भट्टराई र कांग्रेससहितको गठबन्धनले विनोद न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
    उद्योग उपाध्यक्षमा कम्युनिष्ट सहितका गठबन्धनले यमलाल रसाइली र कांग्रेससहितका गठबन्धनले अरुण अग्रवाललाई उम्मेदवार बनाएको छ । वाणिज्य उपाध्यक्षमा कम्युनिष्ट गठबन्धनका शेरबहादुर भण्डारी र कांग्रेस गठबन्धनका संगीता अधिकारीबीच भिडन्त हुने निश्चित देखिएको छ ।
    त्यसैगरी महासचिवमा कम्युनिष्ट गठबन्धनका रामबहादुर थापा र कांग्रेस गठबन्धनका हेमराज गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ । उद्योग सचिवमा कम्युनिष्ट गठबन्धनका सम्झना खतिवडा र कांग्रेस गठबन्धनका प्रदिप खनालले प्रतिस्पर्धा गर्नेछन् भने वाणिज्य सचिवमा कम्युनिष्ट गठबन्धनका तारा श्रेष्ठ र कांग्रेस गठबन्धनका नेत्र आपागाई खडा भएका छन् । कोषाध्यक्षमा भने कम्युनिष्ट गठबन्धनका सुनिल बोहोरा र कांग्रेस गठबन्धनका सानु सुवेदी उम्मेदवार बन्ने निश्चित भएको छ ।
    त्यसैगरी सदस्यहरुमा कम्युनिष्ट गठबन्धनका डिल्ली खतिवडा, यज्ञबहादुर बस्नेत, युगल राई, योगेन्द्र निरौला र शंकर थपलिया तथा कांग्रेस गठबन्धनका कृष्ण गिरी, निर्मला चौहान, संजय शर्मा, टिंकु गिरी र कुसुुम राईले उम्मेदवारी दिनेछन् ।
    लेखा संयोजकमा कम्युनिष्ट गठबन्धनका केदार रिजाल र कांग्रेस गठबन्धनका दोर्ण अधिकारीबीच प्रतिस्पर्धा हुनेछ । लेखा सदस्यमा कम्युनिष्ट गठबन्धनका विनिता दाहाल र जंगबहादुर कार्की तथा कांग्रेस गठबन्धनका सुरेश राई र दिपक गहतराजले उम्मेदवारी दिनेछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…