• चितवन, साउन १३ गते । चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन् ।

    निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार मरेका बाघमध्ये आर्थिक वर्ष २०७२/७३ मा एउटा, २०७३÷७४ मा एउटा र २०७४/७५ मा चारवटा बाघ जुधेर मरेका थिए ।

    उक्त अवधिमा एउटा बुढो भएर, एउटा उपचारको क्रममा एउटा विषादी परेर मरेका थिए भने दुई वटा मर्नुको कारण खुल्न सकेको थिएन ।

    पछिल्लो तथ्यांकअनुसार निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या १२० रहेपनि तिनको संख्या बढेको अनुमान गरिएको छ । बाघलाई आवश्यक क्षेत्रफल कमी भएकै कारण जुधेर मर्ने क्रम बढेको हुनसक्ने निकुञ्जको भनाइ थियो ।

    विभिन्न कारणबाट वर्षेनी मर्ने बाघको संख्या बढेपछि यसमा कमी ल्याउन निकुञ्जले प्रयास गर्दै आएको सूचना अधिकारी अर्यालले बताउनुभयो । (रासस)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…