• काठमाडौँ, साउन १३ गते । आउँदो तीन दिनसम्म मनसुन सक्रिय भई मुलुकभरि भारी वर्षा हुने अनुमान गरिएको छ । बढी वर्षा हुने भएकाले नदी किनारका बस्ती र बासिन्दालाई सतर्क रहने पनि आग्रह गरिएको छ ।
    मौसम पूर्वमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले आइतवारदेखि मनसुन विशेष रूपमा सक्रिय भई तीनसम्म मुलुकको अधिकांश भूभागमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षा हुने अनुमान रहेको बताउनुभयो । उहाँले तीन दिनसम्म मुलुकभरि नै पानी पर्ने भएको हुनाले सतर्कता अपनाउन सबैसँग आग्रह समेत गर्नुभयो ।

    मुलुकको मध्य र पूर्वी भूभागमा भारी वर्षाको सम्भावना रहेको बताउँदै उहाँले पश्चिमी भूभागमा वर्षाको कम सम्भावना रहे पनि एक दुई स्थानमा भारी वर्षा हुने बताउनुभयो । मनसुनी न्यून चापीय रेखा नेपालको नजिक रहेको हुनाले मनसुन अहिले पूर्ण सक्रिय रहेको उहाँले बताउनुभयो । साँझ र रातिको समयमा बढी पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । चौबीस घण्टामा ५० मिलीमिटर भन्दा बढी र १०० मिलीमिटर भन्दा कम वर्षालाई भारी वर्षा भन्ने गरिन्छ ।
    आइतबार दिउँसो र रातको दुबै समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताउँदै उहाँले सोमबार मुलुकभरि मौसम बदली भई केही स्थानमा हल्कादेखि मध्यम खालको तथा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो ।
    सतर्कता अपनाउन आग्रह
    त्यसैगरी, जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सबैसँग आग्रह गरेको छ । शनिवार आगामी तीन दिनसम्मको बाढी बुलेटिन सार्वजनिक गर्दै शाखाले सो आग्रह गरेको हो ।
    बुलेटिनका अनुसार, कन्काई, कोशी, कमला, पश्चिम राप्ती, कर्णाली, महाकाली, बबईलगायतमा जलसतह उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…