• चितवन, १३ साउन । मेडिकल सिटीको रुपमा बिकसित हुुँदै गइरहेको चितवन जिल्लामा पछिल्लो समय मिर्गौला तस्करी हुने थलोका रूपमा चिनिन थालेको पाईएको छ ।

    चितवनमा स्वास्थ्य सम्बन्धी विभिन्न अपराध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय भरतपुरले असार २५ गतेबाट ७ जनाको टोली बनाई मेडिकल रेस्पोन्स टिम बनाएको थियो ।

    अन्ततः सोही टिमले चितवनबाट मिगौला तस्करी हुने गरेको फेला पारेको छ । प्रहरीले मिर्गौला तस्करी गर्ने पाँच जना गिरोहलाई पक्राउ गर्न सफल भएपछि यस क्षेत्र बाट मृगौलाको तस्करी हुने गरेको पाइएको चितवनका प्रहरी प्रमुख एसपी शुशील सिंह राठौरले बताउनुभयो ।

    उहाँका अनुसार पक्राउ पर्नेमा नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नं.४ बस्ने वर्ष ४१ का हरि परियार भन्ने दुर्गा बहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका–४ बस्ने वर्ष ३५ का बिक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका वडा नं.५ बस्ने वर्ष २८ को प्रकाश तामाङ, मोरङको साविक बयरबन गाविस–६ बस्ने वर्ष ३४ का दिपक लिम्बु र रसुवाको उतरगया गाउँपालिका वडा नं.३ बस्ने वर्ष २८ का विशाल नेपाली रहेका छन् ।

    मिर्गौला समूहका बिक्रम पहरी, प्रकाश तामाङ र दिपक लिम्बुलाई यही साउन १ गते चितवनबाटै , दुर्गाबहादुर दर्जीलाई सोही दिन काठमाण्डौंबाट र बिशाल नेपालीलाई साउन ४ गते रसुवाबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यस्ता घटनामा अन्य थुप्रै व्यक्ति संलग्न भएको हुन सक्ने भन्दै थप अनुसन्धान कार्य भईरहेको समेत बताउनुभयो । पक्राउ परेका दुर्गा परियार बाहेकका अन्यले अरु तस्करहरुको सम्पर्क बाट भारतको विभिन्न अस्पतालहरुमा गई १/१ वटा मिर्गौला बिक्री गरेको एसपी राठौर बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ : दुर्गम क्षेत्रका मानिसहरुको अशिक्षा र गरिबीको गलत फाईदा उठाई उनीहरुलाई प्रलोभनमा पारी मिर्गौला बिक्री बितरण गर्ने र त्यस बाट उनीहरुले ५० हजार रुपैयाँ देखी झन्डै एक लाख रुपैयाँ सम्म कमिसन खाने समेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    “सोझा सिधा तथा निमुखा सर्वसाधारणहरुलाई प्रलोभनमा पारी भारतको विभिन्न अस्पतालहरुमा सम्पर्क गराई मृर्गौला तस्कर गर्ने गरेको खुल्न आएको छ, हामीले यस बिषयमा थप अनुसन्धान गरिरहेका छौं ।”

    पक्राउ परेका निज व्यक्तिहरु उपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी बिस्तृत अनुसन्धान भईरहेको बताउनुहुदै यस बिषयमा कहिँ कत्तै मृगौला बेचबिखन भइरहेको थाहा भएमा तत्कालै प्रहरीलाई सूचना दिएर सहयोग गर्न समेत सबैमा अनुरोध गर्नुभयो ।

    अर्को समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…