• उर्लाबारी, १३ साउन ।
    कांग्रेससहितको उद्योगी व्यापारीहरुको गठबन्धनले आसन्न उर्लाबारी उद्योग वाणिज्य संघको निर्बाचनलाई लक्षित गरी चुुनाव प्रचार प्रसार समिति गठन गरेको छ । गठबन्धनले उर्लाबारी–५ स्थित श्रीसगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आइतबार छलफल कार्यक्रम आयोजना गरी चुनाव प्रचारप्रसार समिति गठन गरेको हो । छलफलले तारामान सेरेङलाई प्रचार प्रसार समिति संयोजकमा चयन गरेको छ ।
    संघको ३० औं साधारणसभाअन्तर्गत आगामी भदौ ९ र १० गते हुने निर्बाचनका लागि कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसार समिति संयोजकमा सेरेङलाई चयन गरिएको हो । सेरेङ संघको वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । चुनाव प्रचार प्रसार समितिका अन्य सदस्यहरु चयन गर्न बाँकी रहेको गठबन्धनले जनाएको छ ।


    कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति एबम् मेयर खड्ग फागोले व्यापारीहरुको हकहितमा प्रतिबद्ध रहन उम्मेदवारहरुलाई आग्रह गर्नुभयो । उहाँले आफूूले पुरा गर्न सक्ने मात्र बोल्न र आफूले बोलेको कुरा पुुरा गर्न सुुझाव दिनुुभयो । कांग्रेस नगर सभापति एबम् उर्लाबारी–७ का वडाध्यक्ष बीरबल थापाले संघको निर्बाचनमा लोकतान्त्रिक पक्षधर व्यापारीहरुको जीत सुनिश्चित भएको दाबी गर्नुभयो ।
    संघका पूर्व अध्यक्ष तेजकुमार रिजालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा संघीय समाजवादी फोरमका नगर अध्यक्ष रामकुमार राई, अध्यक्षका उम्मेदवार प्रितम खड्गी, प्रचार संयोजक सेरेङ, समाजसेवी नरबहादुर मोक्तानलगायतले बोल्नुुभएको थियो ।

    अघिल्लो समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…