• काठमाडौं साउन १४ । पूर्व स्वास्थ्यमन्त्री एवम् सांसद गगन थापा र मेडिकल व्यवसायी दुर्गा प्रसाईले सार्वजनिक रुपमा मेडिकल विद्यार्थीका बारेमा दिएको आपत्तिपूर्ण अभिव्यक्तिले आघात पुगेको भन्दै नेपाली स्टुडेन्ड एशोसिएसन बङगलादेशले आन्दोलनको कार्यतालिका घोषणा गरेको छ ।

    थापाले चीन, बङगलादेश र फिलिपिन्समा एमबीबीएस् अध्ययन गर्न गएका नेपाली विद्याथीहरुले सर्टिफिकेट किन्ने गरेको बताएका थिए । थापाको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको हो ।

    एशोसिएसनले निकालेको प्रेसविज्ञप्तीमा जिम्मेवार व्यक्तिको यस्तो अभिव्यक्तिले विद्यार्थी र अभिभावकमा आघात पुर्याएको भनी उल्लेख गरेको छ ।

    एशोसिएसनले थापाले दिएका अभिव्यक्तिको स्पाटिकरण समेत मागेका छन् । त्यस्तै दुर्गा प्रसाईँले दिएको अभिव्यक्तिले नेपाली चेलीलाई बदनाम गरेको भन्दै प्रसाईमाथि कानुन बमोजिमको कारबाहीको माग गरेका छन् ।

    आन्दोलित विद्यार्थी एशोसिएसनले सोमवार ढाकामा रहेको नेपाली दूतावासमा ज्ञापनपत्र बुझाएका छन् । १७ गते ढाकामा सांकेतिक विरोध कार्यक्रम र १८ गते दूतावासमा १२ बजेदेखि धर्ना दिने प्रेस विज्ञप्ति मार्फत आन्दोलनको कार्य तालिका सार्वजनिक गरेको छ ।

    एशोसिएसनद्धारा जारी विज्ञप्तीमा यस्ता संवेदनशील विषयमा सरकार र दुतावासले कारबाहीका लागि कुनै चासो नदेखाएकोप्रति आपत्ति प्रकट गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…