उर्लाबारी /उर्लावारी-२ पुरानाे मंगलबारे निवासी विकास सापकाेटा(हाल यूएसए) र विनिता दाहाल सापकाेटाकि २ वर्षीया छाेरीकाे जन्माेत्सवकाे अवसर पारेर नमुना बालगृह उर्लाबारी -७ लाई अार्थिक सहयाेग गरेका छन् ।
जन्मदिनमा हुने खर्च अनाथ अाश्रमलाई प्रदान गरिएकाे सापकाेटाफले बताए । उनीहरूले बाल गृहलाई २० हजार नगद प्रदान गरेका हुन् । यस्तै साेमबार विहान बाल गृहमा अाश्रित बालबालिकाहरूलाई सामूहिक भाेजन समेत गराईएकाे थियाे ।
जन्मदिनमा गरिने भाेज तथा अनावश्यक खर्च नगरी उक्त रकम अनाथ अाश्रामकाे हितमा खर्च गर्न पाउनु नै उत्तम लागेर सहयाेग गरिएकाे बालिकाका काका नवराज सापकाेटाले बताए । मिना बरालको नेतृत्व मा २०५७ सालमा स्थापित यश गृह मा हाल ४६ जना बालबालिका आस्रित छ्न ।