–पुष्कल शर्मा
केही महिना अगाडि युट्युबमार्फत सार्बजनिक भएको एउटा कविता यतिबेला फेसबुकका भिक्तहरूमा र फेसबुक पेजहरूमा जताततै भेटिन थालेको छ । देशका विविध पक्षलाई अति सरल शब्दमा प्रस्तुत गरेर लेखिएको उक्त कविताले देशमा किन सरकार नभएको अनुभूति भइरहेको छ भन्ने विषयलाई सारै मिहिन गरी प्रस्तुत गरेको छ ।
यो कविता कृष्णउदाशीद्वारा रचिएको हो । उनी उर्लाबारी, मोरङमा बसेर साहित्यिक गतिविधि गरिरहेका छन् । कविले नेपालमा हिमाल, पहाड र तराईको अनौठो र सुन्दर संयोग बुझ्न सक्ने सरकार नभएको गुनासो गर्दै कविताको उठान गरेका छन् ।
उनले कवितामा गौतम बुद्धको जन्म नेपालमा भएको तर यसको महत्व सरकारले नबुझेको कुरा अघि सारेका छन् ।
ब्युरोक्रेसी सानासाना कुरादेखि ठुलाठुला कुरामा समेत जनउत्तरदायि नहुँदा पनि त्यसको हेक्का सरकारलाई
नभएको, यतिसम्म कि झाडा पखालाले महामारी ल्याएको ठाउँमा पुर्याउनुपर्ने जीवनजलमा समेत कमिसनको खेल हुने तर यसको व्यवस्थापनमा
सरकारले केही पनि
गर्न नसक्ने तितो यथार्थलाई समेत कविले कवितामा लेखेका छन् ।
कविले धर्मको नाममा हुने राजनीतिलाई जोड दिँदै भनेका छन् “…मन्दिर,
मस्जिद र गुम्बाहरूमा, जिन्दावाद र मुर्दावादका भजनहरू गाइन्छन्…..”
कविका यी पंक्तिले शरिमा काँडा मात्रै उमार्दैन देशको गति कहाँ छ भन्ने
कुरा प्रष्ट पार्छ ।
अन्तिममा कविले भनेका छन्ः
“…पन्द्र पन्द्र दिनमा
नुन राखेको बट्टा पखालेर
तरकारीमा रस हाल्ने
सोलुखुम्बू छ ।
प्रत्येक महिनाको अन्तिम साता
पाँच केजी बगडा अनुदान थाप्ने
कलिकोट पनि छ ।
एन.जि.ओ., आई.एन.जि.ओ. हरुलाई देखाउनका लागि
यता गोलाखर्क र उता कर्णाली पनि छ….।”
कविताका यी पंक्तिहरू सुनिरहँदा विकास किन भएको छैन भन्ने त खुल्छ नै
सँगै यी पंक्तिले शरीरमा काँडा पनि उमार्छन् ।
र यी सब हुनको कारण नेपालमा सरकार छैन भनेर सरकारलाई ठाडो चुनौति पनि
दिएका छन् कविले । यदि सरकार छ भने त सरकार भएको अनुभूति दिलाउन सक्नु
पर्यो नि । यसरी हेर्दा कविता केही होइन तर सबथोक कवितामा हुँदोरहेछ ।
झापा
https://www.youtube.com/watch?v=PS5N0OK1pX8&feature=youtu.be