• १५ श्रवण २०७५, पथरी

    ताप्लेजुङको हाङ्पाङ निवासी सीता याक्सो यतिवेला सहयोगको पर्खाइमा रहेकी छन् । कुवेतमा बसेर काम गर्दै आएकी सीताको २ वटै मृगौला (किड्नी) फेल भएपछि अहिले उनि जीवन र मरनको दोसाँधमा रहेकी छन् । अहिले उनका २ वटै मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने डाक्टरहरुले बताएका छन् तर उनको उपचारमा लागि करिब २० लाख लाग्छ । अब करिब २ महिना भित्रमा उनको उपचार सम्भव नभएमा उनको जीवननै खतरामा छ । हाल काठमाण्डौँको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनका श्रीमान पनि बैदेशिक रोजगारको शिलशिलामा मलेसियामा रहेका छन् । उनका १ छोरा र १ छोरी रहेका छन् ।
    उनि भन्छिन छोरा छोरीका लागि बाच्न चाहान्छु । आर्थिक अवस्था अत्यन्तै कम्जोर भएका कारण उनको उपचारका लागि सबैले सहयोग गर्नुपर्ने अवस्था छ । उनले रुदँै भनिन यस्तो रोग लागेपछि हाम्रो जस्तो आर्थिक अवस्था कम्जोर भएकाले अकालमै मर्नुपर्ने रहेछ । नेपाली भएको नाताले पनि मलाइ जतिसक्दो सहयोग गर्नुहोस म परिवारका लागि बाँच्न चाहान्छु । सहयोगका लागि ग्लोबल आइएमइ बैंकमा रहेको खाता नं. Global IME Bank A/C No. 3507010014878 तपाइले आफुले सक्दो सहयोग गर्न अनुरोध गरेकी छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…