• काठमाडौं, साउन १५ गते । चलचित्र ‘छक्का पञ्जा–३’ को गीत सोमवार सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सो चलचित्रमा समावेश ’पहिलो नम्बर’ मा बोलको गीत सार्वजनिक गरिएको हो । राजेन्द्र थापाको शब्द, दीपक शर्माले सङ्गीत, डेभिड शङ्कर र विन्दु परियारले स्वर दिनुभएको छ ।
    कलाकार प्रियङ्का कार्की, वर्षा राउत, स्वस्तिमा खड्काले नृत्य गर्नुभएको त्यस गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गर्नुभएको छ ।
    दीपाश्री निरौलाले निर्देशन गर्नुभएको चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, बुद्धि तामाङ, जितु नेपाल, नीर शाह, शिवहरि पौडेल, विल्सनविक्रम राई, किरण केसी लगायतले अभिनय गर्नुभएको छ । नेपालीहरूको महान पर्व दशैंमा नेपालभर सार्वजनिक गर्ने लक्ष्यसहित चलचित्र युनिटले उक्त गीत सार्वजनिक गरेको हो । गीत सार्वजनिक हुने वित्तिकै श्रोता÷दर्शकको मिश्रित प्रतिक्रिया पनि सुरू भएको छ । धेरैले भने गीत राम्रो रहेकोले छक्का पञ्जा–३ राम्रै बनेको प्रतिक्रिया दिएका छन् ।

    https://www.youtube.com/watch?time_continue=8&v=sP5iikc2MW4

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…