• पुर्व पश्चिम राजमार्गमा आज दिउँसो भएको बस दुर्घटनामा १२ जना घाईते भएका छन् ।

    निजगढ चन्द्र निगाहपुर सडक खण्डको लमाहा नजिकै भएको बस दुर्घटनामा परेर एकजना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

    ना ५ त ४५६२ नम्बरको बसको अगाडीको चक्का पड्कदा बस पल्टेको थियो ।

    पोखराबाट जनकपुर जाँदै गरेको बसमा सवार २५ मध्ये १२ जना घाईते भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

    रौतहटको ईसनाथ नगरपालिका घर भएका ३२ वर्षीय सन्तोष गुप्ता गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

    घाईते सबैको स्थानीय चन्द्रपुर अस्पतालमा उपचार भईरहेको डिएसपी शान्तिराज कोइरालाले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…