• मेचीनगर । दुईतिहाई बहुमतधारी केपी ओली नेतृत्वको सरकारका बिरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी बिरोध प्रदर्शन गर्ने भएको छ ।

    आज साउन १५ गते ७७ वटै जिल्ला सदरमुकाममा नेपाली कांग्रेसले बिरोधसभा गर्ने कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए । सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने, महंगी, अनावश्यक करको बृद्धि लगायतका जनबिरोधी काममार्फत सर्बसत्ताबाद लाद्न खोजेकाले सरकारलाई सही दिशामा अगाडि बढ्न देशव्यापी बिरोधसभा गर्नु परेको कांग्रेस प्रबक्ता शर्माले बताए ।

    झापामा आज हुने बिरोधसभाका लागि जिल्लाभरबाट कांग्रेस कार्यकर्ता र सरकारका गलत कदमको बिरोध गर्नेहरु जिल्ला सदरमुकाम चन्द्रगढीमा भेला हुने कांग्रेस झापाका सभापति उद्धब थापाले बताए । बिरोध सभालाई कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र पार्टी प्रबक्ता बिश्वप्रकाश शर्माले सम्बोधन गर्ने कांग्रेस सभापति थापाले जानकारी दिए ।

    चन्द्रगढीस्थित बिद्युत् प्राधिकरण अगाडिको खुला मैदानमा दिउँसो १ बजे भेला भएर ¥याली निकालिने र चन्द्रगढी बजार परिक्रमा पछि सोही स्थानमा पुगेर बिरोध सभा गर्ने कार्यक्रम रहेको कांग्रेस जिल्ला सदस्य पुष्पराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार हजारौंको उपस्थितिका साथ बिरोधसभा सम्पन्न हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…