• ठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनकि गर्ने बताएको छ । हिजो मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै आज नतिजा सार्वजनिक गरिने बताइएको थियो ।

    बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, 'भोलि नतिजा सार्वजनिक गर्छौं । अझै फाइनल गर्न बाँकी छ । काम गर्दै जाँदा केही प्राविधिक समस्या आइपर्‍यो । आज नतिजा प्रकाशन गर्न सकेनौं ।' परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् ।


    बोर्ड स्रोतका अनुसार परीक्षा नियन्त्रकले मंगलबार नै नतिजाको लागि सम्पूर्ण काम सकिएको जानकारी बोर्ड अध्यक्षलाई गराइसकेका थिए ।


    बोर्डका केही सदस्य बुधबारको बैठकमा उपस्थित हुन नसक्ने जनाएपछि नतिजा भोलिका लागि सारिएको स्रोतले बतायो । स्रोतले भन्यो, 'काम मंगलबारै सकिएको छ। बोर्डका पदाधिकारी बसेर डेमो भइसक्यो अब गर्न बाँकी केही छैन । खै किन हो नतिजा सार्वजनिक गर्न ढिला गरियो ।'


    यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बर नतिजा प्रकाशित गर्दै छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…