• काठमाडौँ । सत्तामा पुगेपछि व्यक्ति तामसी बन्छ भन्ने कुराको उदाहरण तत्कालीन कृषिमन्त्री हरि पराजुलीले धान दिवसका दिन असार १५ मा गाईजात्रा देखाएका थिए । पदको गरिमालाई ख्याल नगर्दा कानूनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्ति पनि विवादमा परेको छ ।

    मुलुकको जिम्मेवार कानूनमन्त्रीले बोलीलाई नियन्त्रणमा राख्न नसक्दा रुँदै राजीनामा गर्न बाध्य बनेका छन् ।

    तामाङले बङ्गलादेशमा एम.बी.बी.एस. (डाक्टर) पढ्न जाने छात्राले त्यहाँबाट पढाइको प्रमाणपत्र पाउनका लागि त्यहाँका डाक्टरहरुलाई आफ्नो महिला अस्मिता बेच्न बाध्य भएको आरोप लगाएका थिए ।

    बङ्गलादेश एमबीबीएस अध्ययन गर्न जाने नेपाली छात्राहरुको अस्मितामाथि गम्भीर आरोप लगाएका तामाङलाई पार्टीले राजीनामा मागेको हो ।

    कानूनका जानकारसमेत रहेका तामाङ सत्ताको घमण्डले उन्मत्त हुँदा अन्ततः पोखिन पुगेको जानकारहरुले बताएका छन् ।

    त्यस्तै, मार्सी चालमका चर्चित मेडिकल माफिया तथा झापास्थित बी. एण्ड सी. अस्पतालका मालिक दुर्गा प्रसाईं महिला आयोग, महिला चिकित्सकलगायतले व्यापक विरोध र अस्पताल घेराउपछि फरार भएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

    झापाको सो अस्पतालमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको समेत लगानी रहेको चर्चा छ । आठ कक्षा मात्र शैक्षिक योग्यता हासिल गरेका प्रसाईं नेकपाका अध्यक्षद्वयको मित्र रहेको बताइएको छ ।

    मेडिकल माफियाका रुपले चर्चित प्रसाईंलाई मुख सिलाउनुपर्ने र जिब्रो थुत्नुपर्ने माग गर्दै महिलाहरु कडारुपमा प्रतिवादमा उत्रेपछि झापामा बस्न नसकी भागेको समाचार स्रोतले जानकारी दिएको छ ।

    प्रसाईंले पनि बङ्गलादेशमा अध्ययन गर्न जाने नेपाली युवतीहरुका बारेमा दुई देशको सम्बन्धमा असर पर्ने यौन व्यवसायको आरोप लगाएका थिए,नयाँ विमशैमा उल्लेख छ ।

    प्रसाईंको भनाई सेलाउन नपाउँदै तामाङसमेत घानमा परे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…