• उर्लाबारी, साउन – अहिलेका चर्चित बालगायक अशोक दर्जीको दोस्रो गीत “झिलमा फुलु”को भिडियो छायाकंन गरिएको छ । झापाका विभिन्न स्थानहरुमा भिडियोको छायाकंन गरिएको हो । कोशी भिजन फिल्मले निर्माण गरेको भिडियोमा गायक अशोक दर्जीका साथी भुइकठहरले उर्फ टिकाराम धिमालले अभिनय गरेका छन् । हाल जापानमा रहेका गीतकार मन्जुल मितेरीले यस गीतलाई लेखेका हुन् । गीतकार मितेरीका अनुसार टिकारामको जिवनमा आधार रहेर गीतको रचना गरिएको हो ।

    गीतको भावलाई भिडियोले अझ बलियो बनाएको निर्देशक सुमन योञ्जनले बताए । गीतमा बालकलाकार टिकाराम धिमालले शसक्त अभिनय गरेको भन्दै निर्देशक योञ्जनले खुलेर तारिफ गरेका छन् । टिकारामसागै उनका प्रिन्सीपल दिपक न्यौपान, कौशीला राई लगायतले अभिनय गरेका छन् । यस गीतलाई छायांकार उज्जवल बल तामाङले खिचेका हुन् । गीत चाडै नै बजारमा ल्याउने तयारी भैरहेको निर्माण पक्षले जानकारी गराएको छ ।

    https://www.youtube.com/watch?v=PsnExiW20Go

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…