• काठमाडौं । एम्सटर्डममा नेपालले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलिरहेको छ।

    नेदरल्याण्ड्सविरुद्धको ऐतिहासिक एक दिवसीयमा नेपालले पहिले बलिङ गर्न पायो ।

    त्यसमा पनि पहिलो बल फाल्ने भाग्यमानी ठहरिए सोमपाल कामी ।

    अन्तर्राष्ट्रिय टि;ट्वेन्टीमा अलराउण्ड प्रर्दशन गरको सोमपालले एक दिवसीयको डेब्यू खेलमै पहिलो पलिङ गर्ने अवसर पाए । यद्यपि, विकेट हासिल गर्न भने उनले व्यक्तिगत दोस्रो ओभरसम्म कुर्नु पर्‍यो ।

    दायाँ हाते तर तीब्र गतिका बलर सोमपालले अन्तर्राष्ट्रिय टि–ट्वेन्टीमा अन्तिम तथा दशौँ नम्बरमा आएर पनि धेरै रन बनाएको रेकर्ड राखेका थिए ।

    २२ वर्षीय सोमपालले १६ मार्च २०१४ मा चट्गाउँमा हङकङविरुद्धको टि–ट्वेन्टीबाट डेब्यू गरेका थिए । डेब्यू खेलमै उनले २ विकेट लिएका थिए ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपाल एम्सटर्डममा पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल्न पुगेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…