• धनकुटा। धनकुटा जिल्लामा पर्ने पर्यटकीय क्षेत्र राजारानीको एउटा लिम्बू गाँउमा धुमधाम बिवाह हुँदै छ,सुरुमै हवाई दृष्य बाट देखिन्छ,गाउँको एउटा घरमा केही युवतीहरु अाएर नायिका (रुबी हुक्पा चोङबाङ लिम्बू,मिस पुर्वाञ्चल-२०१७) लाई बिवाहमा धान नाच्न जान लाई अाग्रह गर्दछन्,रुबी पनि साथीहरु संग बिवाहघर तिर जान्छीन्,बिवाहमा रुबी गाँउले दाजु (यु.के.लाहुरे)बेहुला भएर बसेका हुन्छन्,अरु पनि लोकन्दी लोकन्दा हरु हुन्छन्,छेउमा एकजना सुन्दर युवा(नायक बिजु राई)पनि बसेका छन्,बेहुला बेहुलीसंग रुबी र उनका साथीहरु नमस्कार अादान प्रदान गर्दछन्,बेहुलाले रुबी र नायक लाई परिचय गराउछन्,नायक बेहुलाको नम्बरी हुन्छन्,यसै बेला रुबीका सथीहरुले नायक लगायतका अन्य तन्नेरीहरु लाई धान नाच्न उठाउछन्,नायकले अलिक अप्ठेरो मान्छन्,तै पनि नायिका रुबी र उनका साथी हरुले नायक लाई जिस्काउदै धान नाच्छन्,पृष्ठभूमिमा गाउले युवा युवतीहरु के-लाङ च्याब्रुङ पनि नाच्दै हुन्छन्।

    यसरी रेला ठट्टा गर्दा गर्दै बिहे सकिन्छ,नायक र उनका साथीहरु पनि गाउँ बाट बिदा हुन्छन्,सायद लामो ख्याल ठट्टाले होला सबै छुट्टिँदा नायिका लाई निक्कै खल्लो महसुस हुन्छ । यो भरखरै रिलिज भएको गायिका सुनिता सन्यक लिम्बुको नयाँ नेपाली गित(सोल्टि ज्यु)को भिडियोको कथा हो।
    भिडियोको प्रमुख अाकर्षण पक्ष टेकिङ हो,राजारानी अासपासका स्थानहरु लाई राम्रो तवरले प्रस्तुत गरिएको यो भिडियोको अर्काे अाकर्षक पक्ष मिस पुर्वञ्चल २०१७ रुबी हुक्पा चोङबाङ लिम्बूको सानदार उपस्थिति हो,रुबीले यो भिडियो बाट पहिलो पटक भिडियो मोडलिङमा डेब्यु गरेको भए पनि उनको अभिनयमा परिपक्वता देखिन्छ,यसकाे श्रेय निर्देशक लाई जान्छ।

    राम्री गायिकाको उपमा पाएकी गायिका सुनिता,मुन्धुम बुटिक धरानको ढाका पहिरनमा गायिकाकै रुपमा उपस्थित हुँदा खुब रमरणिय देखिन्छ,ह्याण्डसम नायक बिजु राई साँच्चिकै पल्टने(लाहुरे)देखिन्छन्। डाँडाघरेको नातिले जहिले पनि गाँउले परिवेशमा अब्बल गित लेख्छन्,तर यस्पाली खुब रोमान्टिक गित लेखेका छन्,उक्त गितलाई संगितकार रुद्र श्रेष्ठ र एरेन्जर कुन्दन राईले खुब न्याय गरेका छन्।

    बिकाश धमलाको चुस्त सम्पादनले भिडियो तरिफ योग्य बनेको छ, भिडियोको अर्को तारिफ गर्न लायक कुरा लिम्बू गरगहना तथा पोशाक लाई पुर्ण रुपमा प्रयाेग गरिएको छ,यसमा साेम मग्रातीकाे श्रृंगारले अझै सुन्दरता थपेकाे छ भने जुझारु छाँयाकार तथा निर्देशक भुपेन्द्र तुम्बाहाङ्फेको छाँयाङकन तथा निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियो बुढासुब्बा बाट सार्वजनिक गरिएकाे हाे ,यसलाइ दसर्कले पनि रूचाइ रहेका छन । बांकी भिडियोमा हेर्नुहोस् :

    https://www.youtube.com/watch?time_continue=7&v=kYFiHA1Yhzg

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…