• काठमाडौं । नेपाल र नेदरल्याण्ड्सबीचको जारी खेलमा पहिलो फिल्डिङ गरिरहेको नेपालले पाँचौ सफलता हासिल गरेको छ ।

    कप्तान पारस खड्का र तीब्र गतिका बलर सोमपाल कामीले समान–समान २–२ विकेट लिए ।

    सोमपालले एक मेडन समेत राखे ।

    यस्तै, सन्दिप लामिछानेले १ विकेट लिए । कप्तान पारस खड्काले वेल्सी वारेसीलाई आउट गर्दै टोलीलाई चौथो सफलता दिलाए ।

    पाँचौ सफलता भने सोमपालले नै दिलाए ।

    बुधबारको खेलमा नेदरल्याण्डका लागि महत्वपूर्ण प्रदर्शन गर्नसक्ने आँकलन गरिएको बारेसीलाई कप्तान खड्काले १२ रनमै पेभेलियनको बाटो देखाएका हुन् ।

    पारसले बेन कूपरलाई पनि आउट गरेका थिए ।

    यसअघि सोमपाल कामीले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय विकेट दिलाएका थिए ।

    सन्दीप लामिछानेले पनि स्टेफिन मिवर्घलाई २९ रनमा आउट गरेका थिए ।

    यस्तै, सोमपालले ३० रन बनाएका बास डे लिडेलाई आउट गरे । पारसले थोरै रन खर्चिएर २ विकेट लिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…