• युएई , साउन १६ । सरकारको पछिल्लो गतिविधिहरुप्रति असन्तुष्टि जनाउँदै विरोधमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवाश संगठन नेपाली जनसंपर्क समितीहरुले मातृ पार्टीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । ओलि नेतृत्वको सरकार स्वेच्छाचारी रूपमा अगाडि बढेको , जनतालाई राहत दिनुको सट्टा आहत थप्ने काम मात्रै गरेको भन्दै यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सरकारको जनविरोधी गतिविधिको विरुद्धमा उत्रिएको छ । यसमा ऐक्यबद्धता जनाउँदै मध्यपुर्वका नेपाली जनसंपर्क समितिहरुले विज्ञप्ति जारी गरेका छन् ।


    मंगलबार नेपाली जनसंपर्क समिती युएईले विज्ञप्ति जारी गर्दै वर्तमान सरकार लोकतान्त्रिक संविधानको मर्म विपरीत मनोमानी ढंगले अगाडि बढेको र संविधान प्रदत्त वाक स्वतन्त्रता , प्रेस स्वतन्त्रता , स्वतन्त्र न्यायलय माथी हस्तक्षेप गर्दै जनतालाई सर्वसुलभ रूपमा उपलब्ध गराउनुपर्ने शिक्षा र स्वास्थ सुविधा जस्ता आधारभूत कुराहरु व्यवस्था गर्न नसकेको उल्लेख गरिएको छ ।


    नेपाली जनसंपर्क समिती युएईका सभापति खेमराज बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा काङ्ग्रेस नेतृत्वको सरकारले विधिसम्मत तरिकाबाट गरिएको नियुक्ति र जनतालाई प्रत्यक्ष लाभ पुग्ने खालका सुविधा र राहतका कार्यक्रमहरु खारेज गर्ने यो सरकारको कदमको घोर निन्दा र भत्सर्ना गरिएको छ ।


    त्यसैगरी नेपाली जनसंपर्क समिति ईजरायलले पनि विज्ञप्ति जारी गर्दै अहिलेको सरकारले जनताको ढाड सेक्ने गरि करको दायरा बढाउने , प्रेस माथी हस्तक्षेप गर्ने , शान्तिपूर्ण रूपमा भेला हुन पाउने हक कुण्ठित पार्ने , चर्को मुल्यवृद्दि गर्ने जस्ता जनविरोधी कार्यको विरोध गर्दै पार्टीको विरोध कार्यक्रममा ऐक्यबद्धता छ । सोहि दिन नेपाली जनसंपर्क समिती कतारले समेत विज्ञप्ति जारि गर्दै नेपाली राजदुतावास कतार मार्फत सरकार समक्ष ३ बुँदे माग गरेको छ । कतारका लागि नेपाली राजदुत रमेश प्रसाद कोईरालालाई बुझाईएको विज्ञप्तिमा संविधान अनुसार संघ र प्रदेशमा फरकफरक दलका सभामुख र उपसभामुख रहने व्यवस्था कार्यन्वयन गर्न सरकार समक्ष माग गरिएको छ । त्यस्तै नागरिकको ढाड सेक्ने गरि लगाईएको कर र मुल्यवृद्दि तत्काल घटाउन र देउवा नेतृत्वको सरकारले लागू गरिएका जनमुखी सेवा र सुविधाहरु कार्यन्वयन गर्न माग गरिएको छ ।






























सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…