• काठमाडौं ।नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’को छायांकन ८५ प्रतिशत पूरा भएको निर्माण पक्षले जनाएको छ । क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको सो चलचित्रको छायांकन असार १६ गतेबाट सुरु भएको थियो । काठमाडौं र पूर्वको लेटाङ, दोमुखा, पथरीशनिश्चरे, बेतना, नाम्जे लगायतको स्थानमा ८५ प्रतिशत छायांकन गरी पुनः सुटिङ युनिट काठमाडौं आइपुगेको छ । अब बाँकी १५ प्रतिशत काठमाडौंमा छायांकन गरिने निर्माता मध्येका अशोक साम्पाङले जानकारी दिए ।

    यस चलचित्रमा नायक अनुपविक्रम शाही प्रमुख भूमिकामा छन् । अनुपका साथ नायिकाद्वय वर्षा सिवाकोटी र माला लिम्बुले अभिनय गरिरहेका छन् । सञ्चारकर्मी भीषण राईकोे डेब्यु निर्देशन रहेको चलचित्रको कथा सञ्चारकर्मीद्वय सन्तोष राई र निर्देशक भीषण राईले लेखेका हुन् । यस्तै चलचित्रमा अन्य कलाकारहरु कविता आले, शिव मुखिया, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, दिवज राई, बारत लिम्बु, बादल श्रेष्ठ लगायतले पनि अभिनय गरेका छन् । फिल्मलाई दिपेन्द्र लिम्बु, वीरेन साम्बा, टिकाराम राई र अशोक साम्पाङ राईले निर्माण गरिरहेको यस चलचित्रमा कार्यकारी निर्माताको भूमिका सञ्चाकरर्मी सन्तोष राईले नै सम्हालिरहेका छन् ।



    हरि घले लामाले खिचिरहेको ‘पुरानो बुलेट’को संगीतकार उत्तमजंग लिम्बु हुन् भने गायनमा ‘जमुना...’ राजेशपायल राई, ‘दही चिउरा असार १५ मा ...’ उत्तमजंग लिम्बु र मेलिना राई, यस्तै थिम सङ ‘पुरानो बुलेट..’जयन जे. वाइबाको स्वर सुन्न सकिनेछ । गीतहरुको एरेन्ज महाराज थापा, साहस शाक्यले गरेका हुन् भने गीत राम भट्टराई, माया मगर र जयन जे वाइवाले लेखेका हुन् ।

    यस्तै नायिका वर्षा शिवाकोटीले प्रेस मिटको समयमा आफू जन्मिएको ठाउँ मोरङमा चलचित्रको सुटिङ हुने कुराले दंग भएको बताएकी थिइन् तर, उनले भने अनुसार सहज तरिकाले काम गरिनन् । यस्तै नायक अनुप विक्रम शाहीले पनि गर्मीमा सुटिङ गर्दा गाह्रो भएको प्रतिक्रिया दिए । उनले थपे–‘मलाई गर्मीमा सुटिङ गर्न गाह्रो भएपनि चलचित्र एकदमै राम्रो बन्नेमा म विश्वस्त छु ।’ यस्तै अर्की नायिका माला लिम्बुले यस चलचित्रमा आफूले सक्दो र सुहाउदो अभिनय गरेको बताइन् । पूर्वेली एक युवाको कथा अनि पूर्वेली रितीरिवाज र संस्कारलाई यस चलचित्रमा उतारिएको बताइएको छ । चलचित्र मंसिरमा प्रदर्शन ल्याउने क्रेजी इन्टरटेनमेन्टले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…