काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय(अोडिअार्इ)मा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको छ । नेदरल्याण्डसले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४१.५ अोभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमै सीमित रहेको थियो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ५१ रनको अर्धशतकीय पारी खेलेपनि अन्य ब्याट्सम्यानले उनलार्इ पछ्याउन सकेनन् । उनीसँगै दीपेन्द्रसिंह एेरीले ३३, अनिल साहले २१, पारस खड्काले १२ रन जोडे । अारिफ खेल, सोमपाल कामी, बसन्त रेग्मी र करण केसीले खाता नै खोल्न सकेनन् ।