राष्ट्रिय सभा अन्तर्गत बिहीबार चार वटा विषयगत संसदीय समिति गठन भएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकले दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा रहने सदस्यको नाम पारित गरेको हो ।
जसमा दिगो विकास तथा सुशासन समितिमा १४ सदस्यीय, विधायन व्यवस्थापन समितिमा १४ सदस्यीय, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा १३ र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा १४ सदस्यीय रहेका छन् ।
राष्ट्रिय सभाको अर्को बैठक साउन २१ गते सोमबार बस्ने गरी स्थगित भएको छ ।