• दीप लिम्बू

    अगस्ट-२

    क्वालालम्पुर,

    नेपाल सरकारले सम्बिधानको मर्म बिपरित कार्यहरु गरेको आरोप सहित देशैभरी प्रतिपक्षी नेपाली काङ्ग्रेसले बिरोध प्रदर्सन गरिरहेको बेला नेपाली काङ्ग्रेसका बिदेश बिभाग संगठन नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेशियाले पनि ऐक्यबद्धता स्वरुप नेपाली राजदुतावास क्वालालम्पुर मा ध्यानाकर्षण पत्र बुझाएको छ।

    सरकारको पछिल्लो कार्यक्रम र नीति बारे सर्बसाधरणहरु बाट अत्यधिक आलोचनाहरु खेपिरहेको बेला श्रावण १५ गतेको बिरोध कार्यक्रम लाइ एक्यवद्धता जनाउदै आज नेपाली काङ्ग्रेस जनसम्पर्क समिति,मलेशियाले पनि विशेष कार्यक्रम बिच प्रेस-विज्ञप्ति मार्फत नेपाली राजदुतावास क्वालालम्पुर पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो।

    नेपाल सरकारले सम्बिधानको मर्म बिपरित आफ्नो अनुकुल जनबिरोधी कामहरु गर्दै आइरहेको ले जन्ताको पक्षमा काम गर्न ध्यानाकर्षण पत्र बुझाएको नेपाली काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समिति मलेशियाका उप-सवापती कमल गौतम र महामन्त्री योगेन्द्र कोइराला द्वारा हस्तक्षरित बिज्ञ्यप्तीमा उल्लेख छ।

    विज्ञप्ति पढेर सुनाउदै जनसम्पर्क समितिका महामन्त्री कोइरालाले नेपाली राजदुतावासका कार्यबाहक राजदुत कुमार राज खरेललाइ हस्तान्तरण गरेका छन।भने कार्यक्रममा नेपाली राजदुतावास मलेशियाका कार्यबाहक राजदुत कुमार राज खरेल र नेपाली दूतावासका प्रथम सचीव लक्षमण प्रसाद कोइराला सहभागी हुनु भएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…