• दिनेश खड्का
    विराटनगर, श्रावण ०४
    बिहिवार प्रदेश नं १को प्रदेशसभाको बैठकमा बोल्ने अधिकास सासंदहरुले महिला प्रति यौनिक हिंसा गर्नेलाई कडाभन्दा कडा कानुन निर्माण गरी हदैसम्म दण्डित गर्नुपर्ने बताएका छन् । बैठकमा घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल गर्ने क्रममा संसदहरुले महिला तथा बालबालिका प्रति यौनिक हिंसा गर्नेलाई संविधान संशोधन गरि आजिवन कैद देखि फासीको सजायसम्म दिनु पर्ने धारणा राखेका थिए । उदयपुरकी सासंद आम्बिका कार्कीले घरेलु कामदार, धर्मपुत्री वा अन्य कुनै घरका महिला सदस्यलाई जबरजस्ती गर्ने अपराधिलाई हदैसम्म दण्डित गर्ने कानुनको आवश्यकता रहेको औलाएकी थिईन् । कार्किले भन्निन् '' घरमा छोरी सरह पाल्छु भनेर धर्मपुत्रीको रुपमा अरुको छोरीचेली लाने र बर्षौ सम्म घरभित्रै कदै गरेर अ‍ैयासीको साधान वनाउनेलाई अब फासी दिनुपर्छ '' । उनले थपिन '' मुत्युदण्ड संविधानले बन्देज गरेको छ मलाई थाह छ, संविधान संसोधन गरेर भएपनि त्यस्ता नरपिसाचलाई फासीको सजाह दिनुपर्छ ।''
    उदयपुरकै आर्कि सासंद कला घलेले महिला यौनिक हिंसामा समाजकै बृद्धिजिवी र उच्च पदस्त व्यक्तित्वहरुको संलग्ता रहेका केहि घटनाहरुको बारेमा समेत चर्चा गरेकि थिईन् । समाजका प्रबुद्ध व्यक्तिले गरेको यौनिक हिंसाको विषय समान्य घरेलु महिलाले उठाउन नसक्ने यर्थाथलाई केलाउदै प्रदेशका हरेक महिलाको वकालत क्षमता अभिबृद्धि गर्न संसद घलले सरकारलाई सुझाब समेत दिएकी थिईन् ।
    त्यस्तै उदयपुरका अर्का सासंद विमल कार्कीले घरेलु यौनिक हिंसा पिडितलाई तत्काल उपचारको लागी राज्य वा पडिकको तर्फवाट खर्च उपलब्ध गराउने पर्ने आवश्यकता रहेको औलाएका थिए । त्यस्तै अन्तिममा बोल्दै ससंद नारायण बहदुर मगर र सिता थेवेले समेत घरेलु महिला हिंसा गर्ने प्रति घोर निन्दा राज्यलाई पडिक प्रति कडा रुपमा प्रस्तुत हुन सुझाव दिएका थिए । विधेयक उपर छलफलमा नेपाली काग्रेसकातर्फबाट बोल्दै सासंद शान्ति पौडेलले धर्मपुत्रीलाई योनदुरव्यवहार गर्नेलाई कडा कारवाही गरिनु पर्ने कुरामा जोड दिएका थिईन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…