• संघीय संसदअन्तर्गतको बिहीबार बसेको प्रतिनिधी सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच अनौठो घटना देखा पर्‍यो । गृहमन्त्री रामबहादुर थापा बादललाई प्रश्न गर्न नपाएको भन्दै झोक्किएका प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले चालू अवस्थामा रहेको बैठक बहिस्कार गरेर बाहिरिए ।

    संसद बैठकको शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विभिन्न प्रश्नहरुको सरकारका तर्फबाट गृहमन्त्री बादलले जवाफ दिए । गृहमन्त्री बादलले कञ्चनपुरमा बालिका बलात्कारपछि भएको हत्या प्रकरण र सांसद निरुदेवी पालमाथि भएको धम्कीलागायतका विषय समेटेर जवाफ दिए ।

    उनको जवाफ सकिएपछि कांग्रेसका सांसदहरुले असन्तुष्टि जनाउँदै प्रतिप्रश्न गर्न सभामुख कृष्णबहादुर महरासँग समय माग गरे । तर, सभामुख महराले प्रतिपक्षीलाई बेवास्ता गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बोल्न समय दिए ।

     

    मन्त्री ज्ञवालीले बोलेपछि कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सभामुखसँग पटकपटक बोल्न समय माग गरिरहे । तर, सभामुख महराले सांसद रिजाललाई शुन्य र विशेष समयमा उठेका प्रश्नको मात्रै मन्त्रीले जवाफ दिएको भन्दै समय उपलब्ध गराउन मानेनन् ।

    पुनः रिजालले प्रतिनिधी सभा नियामावली २१९ को (२) अनुसार मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनु पर्ने भन्दै सभामुखसँग अडान कसिरहे । महराले उनलाई नियमावालीको नियम १५ अनुसार मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने व्यवस्था नभएको र अर्को बैठकमा बोल्ने समय उपलब्ध गराउने भन्दै बैठकअघि बढाइ नै रहे ।

    कार्यसूचीअनुसार सभामुख महराले संसदीय समितिमा रहने सदस्यहरूको नाम पढेर सुनाए । त्यतिञ्जेल कांग्रेसका सांसदहरू उभिएर सभामुखले वाचन गरेका समितिमा रहने सदस्यहरुको नाम सुनिरहे ।

    त्यसपछि पनि सांसद रिजालले सभामुखसँग प्रतिप्रश्न गर्न पाउनु पर्ने माग दोहोर्‍याइरहे । तर, सभामुख महराले समय उपलब्ध नगराई अर्थमन्त्री डा. युवराज खतिवडालाई बीमासम्बन्धी विधेयक प्रस्तुत गर्न समय दिए । यति भएपछि थप रुष्ट भएका कांग्रेसका सांसदहरु बैठक नै बहिस्कार गरेर बाहिरिए ।

    प्रमुख प्रतिपक्षी दल बाहिरिए पनि सभामुख महराले बैठकको काम कारबाही रोकेनन् । उनले गृहमन्त्री बादललाई अन्तराष्ट्रिय आतंकवाद अन्तरदेशीय संगठित अपराध र अवैध लागूऔषध कारोबारविरूद्ध सहयोगसम्बन्धी विमस्टेक महासन्धि विधेक प्रस्तुत गर्न समय दिए । सो विधेयक संसदमा दर्ता भएपछि महराले शुक्रबारसम्मका लागि प्रतिनिधी सभाको बैठक स्थगन भएको घोषणा गरे ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…