• राक संवाददाता
    विराटनगर, श्रावण १८

    नक्कली औषधी बेचबिखन गरेको आरोपमा केहिदिनदेखि विवादमा मुछिरहेका विराटनगरका फार्मेसीहरु मध्ये मेडिप्लस फामेर्सीले औधषी व्यवस्था विभागवाट क्लिन चिट पाएको छ । प्रहरीलाई परेको उजुरको आधारमा श्रावण १३ गते जिल्ला प्रहरी कार्यलय मोरगले विराटनगरको विभिन्न ५ अस्पतालमा संचालीत फार्मेसीहरुमा छापा मारको थियो । छापा मार्नेक्रममा प्रहरीले सवै फार्मेसीवाट शंखास्पद दवाईहरु नियन्त्रण गरि औषधी व्यवस्था विभागलाई बुझाएको थियो । औधषी व्यवस्था विभागले पक्राउ परेका औषधीहरु अनुसन्धान गर्ने क्रममा मेडिप्लस फार्मेसीवाट बरामद भएका औषधीहरु सक्कली र कुनै डुपीलिकेशन नभएको पाएको थियो । विभागले बुधवार उक्त फामेर्सीको संचालक नारायण दहाललाई पत्र नै काटि नियन्त्रण गरिएको औषधी पुन: बुझिलिन अग्रह गर्दै क्लिन किट दिएको छ ।
    श्रावण १३ गते छापा मार्ने क्रममा प्रहरीले विराटनगरस्थित न्युरो अस्पतालमा संचालित लाईफ सर्पोट फार्मेसी, गोल्डेन अस्पतालमा संचालित फेमेली फार्मेसी, विराट नर्सिङ होममा संचालित मेडि प्लस फार्मेसी, म्याक्स अस्पतालमा संचालित लाईफ लङ फार्मेसी र विराट मेडिकल कलेजमा संचालित विराट माउली फार्मेसीवाट शंखास्पद औषधी नियन्त्रण गरेको थियो । अधौषी सहित लङ लाईफका दिपक राय, माउली फर्मेसीका प्रशान्त चौधरी र डुपलिकेट औषधि बनाउने धराननिवसी जिवन अग्रवाललाई नक्कली स्टिकर सहित विराटनगरवाटै पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई भने अहिले पनि प्रहरीले म्याद थप गरी अनुसन्धान अघि बढाईरहेको छ । मेडिप्लस फार्मेसी बाहेक अन्य फार्मेसीले सक्कली कम्पनीवाट खरिद गरेको ठोस प्रमाण पेश गर्ने नसकेकाले अहिले पनि उनीहरु शंकको घेरामा रहेको औषधी व्यवस्था विभाग, क्षेत्रीय कार्यलय विराटनगरले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…