पानी१ पानी११ पानी देउ न हो मलाई मुख सुक्यो,मुख सुक्।
अँध्यारो कोठा भित्र खटियामा लम्बेतान सुतेको बिरमान कहिले बेस्सरी चिच्याउथ्यो कहिले चुपचाप सान्त सुतिरहन्थ्यो।तीन दिन देखि आएको ज्वरोले निकै गलाइसकेको थियोउसलाई।डाक्टरलाई देखाउदा मलेरिया टाइफाइड भनेर औसधि लेखिदिए।तर त्यसले खासै काम गरेको थिएन।कोठामा एक साथी संगै बस्थे।हिजो कम्पनी बाट बिदा लिएर बिरमानलाइ अस्पताल उनैले पुर्याएर ल्याएका थिए।
साथी नजाती थिएनन् ती,तर के गर्नु काममा नगए नोकरी छुट्ला भन्ने डर।एक जग पानी गिलास औसधि र मुङ्ग दालमा बनाएको खिचडी खटिया मुनि राखिदिएर उनी ड्युटी गएका थिए बिहान।बिरमानलाई बिहान अलि बिसेक भएको पनि थियो।तर दिउँसो एक्कासि ज्वरो बढ्यो।सकि नसकी जगमा राखेको पानी सबै पिएर पनि मुख सुक्न छोडेको थिएन।परदेश न हो, बेला बेलामा चिच्याएर पानी माग्थ्यो ऊ,तर दिने कोहि थिएन।घरी घरी एकोहोरिन्छ बिरमान।सम्झन्छ बर्सौं पहिले बितेकी आमालाई ।अनि माग्छ त्यहिं एकलोटा पानी।भित्र भित्र भुनभुनाउछू (आमा मेरो निधार छाम त,ूआमा मलाई कहिले सन्चो हुन्छ होलारुू
एकपल्ट कोल्टे फेर्छ र श्रीमतीलाई बोलाएर भन्छ ( मलाई औसधि ल्याइदे न नत्र म मर्छु।
एउटा गरिब परिवारमा जन्मेर गाउँको हाइस्कुल पास गरि सहरको क्याम्पस पढ्न नसक्ने भएपछि बाउको पालादेखिको ऋण तिर्न आजभन्दा २० बर्ष पहिले १८ बर्षको उमेरमा मुग्लान पसेको थियो बिरमान।सरल मिजास स्वाभिमानी आत्मा,सहयोगी भावना,उसमा भएका गुण यिनै हुन्।परदेश बसाई त्यति सुखदायी भएन।हेला होंचो गरेको पटक्कै सहन नसक्नाले बारम्बार नोकरी छुट्ने या छोडनु पर्ने हुन्थ्यो।बहादुर मात्र भनेर बोलाएको सुन्न सम्म नसक्ने हुनाले आफ्नो नामको पछाडिको बहादुर हटाएर बिरमान राखेको थियोे उसले।कोठामा बस्दा लगाउने ड्रेस लगाएर परपर हिंड्ने नेपाली दाजुभाइलाई उ सधै भन्ने गर्थ्यो (ए सर्ट पाइन्ट लगाएर् त हिंड नत्र देशिले हेप्छन, नेपालीको इज्जत जान्छ क्या भनेको मान।
स्वदेशमा काम माम नपाएर
बिदेश जाने नेपालीलाई
स्वदेशको मायाले फर्क भन्दैछ।
उसलाई अति प्रिय लाग्ने गित हो यो।जहिले पनि यहि गित गुनगुनाउछ ऊ।जमानामा जनकलाकार खुशिराम पाख्रीनले कुनै कार्यक्रममा गाएको सुनेको थियो उसले।भारत याअरु कुनै देशमा गएर जागिर खाने उसले कल्पना पनि गरेको थिएन।उसले कक्षा नौ मा पढेको नाटक ूटिकाू को मुल मर्म ९आफ्नै छानो छाउने आफ्नै मानो खाने०लाई आत्मसात गर्न चाहन्थ्यो। तर सोचेजस्तो नहुने रहेछ।अन्ततः अरु थुप्रै ठिटाहरु जस्तै उ पनि मन र माया स्वदेशमा छोडेर मुग्लान भौतारिन पुगेथ्यो।मुग्लानको जागीर के जागीर भन्नू, अलिअली भएको भाग्य पनि भत्काउनु थियो।आवस्यकताको चाङ चुलिदै जादा समस्याहरूको पहाडशीत पौठेजोरी खेल्नुपर्ने।जिन्दगी रुपि लडाइँमा कैयौं सपनाहरूको सहादत भएर बिरमानको मुटु एउटा चिहानघाट जस्तै बनेको थियो।
लाहुरेको बुद्धि हुदैन,कमाउन र बचाउन जान्ने खर्च गर्न नजान्ने हुन्छन्। पछिल्लोपटक घर गएको बेला लुरे कि आमाले भनेको यो सब्द उसलाई बाण जस्तै लागेको थियो।किनकी ऊ आफू लाटो थिएन।परदेशमा बस्ने नेपालीलाइ सल्लाह दिने काम गरिदिने परिवेश अनुसार चल्न सिकाउने बिरमानलाइ उसै कि श्रीमतीले बुद्धि नभएको भनिन्।आफू परदेश हुँदा घरदेशतिरको परिवेश बदलिएको बिरमानलाइ पत्तो थिएन।ऊ बिसौ बर्ष कमाएर गृहस्थी सपार्न सकेको थिएन।तर गाउँ बसेका उसका साथीहरू धेरै ब्यबस्थित भइ सकेका थिए।घर गएको बेला उसका साथी भेट्न आउँदा सोध्ने एउटा कुराले ऊ सधै दुखी हुन्थ्यो।
कहिले फर्किनेरुूउसलाई यस्तो लाग्थ्यो उ दुई चार दिन गाउँ आएको बिदेशी पाहुना हो। लाहुरको पाउर खाउँ न भन्दै आउने उसका साथीहरूले उसलाई लाहुरे ठान्थे।जो उसलाई पटक्कै स्विकार्य थिएन।किनकि लाहुरे शब्दमा एक बिदेशी नोकर, बुद्धिहिन बिबस र चारदिनको गाउँको पाहुना भन्ने अर्थ दिन्थ्यो।
बिरमानले महसुस गर्यो( उसकि आमाले धोतीको टालो भिजाएर उसको निधारमा राखिदिइन्।लुरेकी आमाले औसधि खुवाइन्।उसको बाले यत्ती जाबो ज्वरोले मरिन्न उठ् भन्दै हकारे।नभन्दै उसको ज्वरो भागी सकेछ।सानी छोरी आएर बिरमानको गाला थपथपाइ।लुरे छेउमा आएर बस्यो।ऊ घरको बिच तलाको पुर्वे कोठामा सुतेको रहेछ।चार प्रहर रात बितेर उज्यालो भइ पुर्व छितिजबाट उदायको रातो घामले उसलाई चियाइरहेको थियो।ओहो कत्ती अबेर सम्म सुतेछु भन्दै ऊ उठ्न खोज्दा बिउँझियो र निराश भयो।अँध्यारो कोठामा अहिले पनि ऊ एक्लै थियोे।
घाँटी सम्म सुकेर बोल्न नसक्ने अवस्थामा पनि ऊ धर्मराउदै उठ्यो।अलि पर घैटाबाट दुई लोटा पानी पियो।मुख नमिठो हुदाहुदै पनि अलिकति खिचडी खायो र पानीसित ट्याब्लेट निल्यो।उसलाई थाहा थियोे यदि संघर्ष गरेन भने उ परदेशमै मर्न सक्थ्यो।प्राण भन्दा प्यारो देश,बा आमाले बनाएको घर,मनकी प्यारी लुरेकी आमा र मुना जस्तै छोराछोरी सित बाकी जीवन सँगै बाच्ने र रमाउने रहर अधुरो रहन सक्थ्यो।बितेको जिन्दगी जस्तोसुकै भए पनि बाकी जिन्दगी आफ्नो घर आफ्नै खेत खलियानमा पसिना बगाउदै उकाली ओराली गर्ने अठोट र अन्तिम सास स्वदेशी होस् भन्ने एउटा दृढ इच्छाले उसलाई अलिक बल पुग्यो।उसलाई लाग्यो इच्छा र संकल्पले नै मान्छेलाई ढाडस र साहस दिदोरहेछ। स्वदेश र स्वदेशीको मायाले बिरमान अब तङ्ग्रीन थालेको थियो। (मुम्बई )