• अर्जुन जम्नेली राई

    काठमाडौं । किरात राई यायोक्खाको ३१ औं स्थापना दिवसमा पूर्व प्रधानमन्त्री प्रचण्ड लगायतका पार्टी नेताहरू आउने भएका छन् ।
    किरात राई सामुदायको साझा संस्था यायोक्खाको स्थापना दिवस साउन २२ गते क्रिष्टल व्याङ्क्वीट मान भवन ललितपुरमा हुदैछ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराती (साइला), १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र समुदायको तर्फबाट संघीय तथा प्रदेश सभा सदस्यहरू कार्यक्रममा उपस्थितहुने यायोक्खा केन्द्रीय कार्यवाहक अध्यक्ष दिवस राईले बताए ।

    किरात राई यायोक्खा लगायतका सामाजिक तथा विभिन्न राजनीतिक पार्टी र पार्टी सम्बद्ध नेता कार्यकताहरूले १ नम्बर प्रदेशलाई किरात प्रदेश नामकरण गरिनुपर्ने माग राख्दै आएका छन् । प्रदेशलाई किरात नाम राख्न २५ लाख हस्ताक्षर संकलन गरी बुझाउनुको साथै प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका पार्टीहरूलाई किरात प्रदेश बन्ने आधारपत्र बुझाइसकेका छन् । आधारपत्र प्रदेशको ९३ जनै प्रदेश सभासदस्यहरूलाई बुझाइएको यायोक्खा महासचिव जीवन हाताचो राईले बताए ।

    पूर्वमा किरात प्रदेशको लागि विभिन्न अभियानहरू सञ्चालन भइरहेको बेला पश्चिममा कर्णाली र गण्डकी प्रदेशको नाम राखिएपछि किरात अभियान कर्मीहरूले अभियान झनै तिव्र बनाएका छन् । यसै सन्दर्भमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा लगायतका सामााजिक संस्था तथा राजनीतिक संगठनका नेताकार्यकताहरूको संयुक्त भेला बैठकहरू तिव्र बनाएको बुझिएको छ । सरोकारवाला संस्थाहरूले किरात, किरात लिम्बुवान वा किरात लिम्बुवान कोशी जे भएपनि पहिचान आउनु पर्ने नआए संयुक्त रूपमा आन्दोलन चर्काउने साझा सहमति भएको छ ।

    प्रदेश नम्बर १ को नामकरणको बहस हुनै लागेको छ । यही पृष्टभूमीमा किरात राई यायोक्खाको स्थापना दिवसमा अध्यक्ष प्रचण्ड, मुख्यमन्त्री शेरधन राई र प्रचण्डले तत्कालीन एमाले र माओवादी केन्द्रको एकता गराएपछि नेकपा (माओवादी केन्द्र) पुनर गठनमा लागेका गोपाल किराती(साइला), संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईको विचार सुन्न र उहाँहरूले खेल्ने भूमिका बुझ्न प्रदेशवासी लालायित रहेको यायोक्खा प्रचार विभाग प्रमुख भीम राईले बताए । प्रदेशको नामकरणको बहस चल्दै गर्दा यायोक्खाले भब्य स्थापना दिवसको तयारी गरिरहेको बुझिएको छ ।

    स्थापना दिवसमा एकजना पत्रकार, दर्जन जाति छात्रावृति, दुई दर्जनजतिलाई विभिन्न सम्मान तथा पुरस्कार वितरण गरिने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…