• म्याग्दी सदरमुकाम बेनी बजारको खुल्लामञ्च नजिकबाट म्याग्दी खोलामा ट्याक्सी खस्दा आमा र छोरा बेपत्ता भएका छन् ।

    शुक्रबार विहान खुल्लामञ्चस्थित बहुउद्देश्यीय मैदानमा सिक्दै गरेको ध १ ज २५१ नम्बरको ट्याक्सी खोलामा खसेको हो ।

    बेपत्ता हुनेमा म्याग्दी मंगला गाउँपालिका  २ भाइबाङ घर भइ हाल पर्वतको जलजला गाउँपालिका  २ बस्ने २६ वर्षीया शोभा अधिकारी खाती र उनको ८ वर्षीय छोरा सागर छन् ।

     

    उनले ड्रइभिङ जिल्ला प्रहरी कार्यालय अगाडिको न्यू बेनी ड्राइभिङ इन्स्टिच्युटबाट सिक्दै आएकी थिइन् । उनले बहुउद्देश्यीय मैदानमा रहेको कृषि उपज केन्द्र अगाडि ट्याक्सी कुदाउँदै थिइन् । सोही बेला ट्याक्सी पछाडि फर्काउन खोज्दा खसेको स्थानियले बताएका छन् ।

    बिहानदेखि ट्याक्सी सिकिरहेकी शोभाले छोरालाईसमेत ट्याक्सी भित्रै राखेर चलाएकाे प्रहरी नायव उपरिक्षक वीरबहादुर बुढाले जानकारी दिए ।

    तपाई बिस्तारै चलाउँदै गर्नु हैँ भनेर म शौचालयमा गएको थिएँ’ प्रशिक्षक एवम् इस्टिच्युटका सञ्चालक कर्णबहादुर घिमिरेले भने,‘हेर्दाहेर्दै ट्याक्सी खोलामा खस्यो ।’

    ट्याक्सी खोलामा खसे लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली म्याग्दी खोला र कालीगण्डकी नदीमा खोजेपनि भेट्न सकिरहेको छैन । असुरक्षितरुपमा ट्याक्सी चलाउँदा अप्रीय घटना भएकाले सो ठाउँमा सवारी साधन सिक्न निषेध गरिने प्रमूख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

    उनकाअनुसार खोजीकार्यका लागि छिमेकी जिल्ला पर्वतमा रहेको सशस्त्र प्रहरीलाईसमेत परिचालन गरिएको छ । पानीको बहाब उच्च रहेकाले नदिमा खोज्न निकै कठिनाइ भएकाे प्रहरीले जनाएकाे छ । बेपत्ता अधिकारीको परिवार पनि सम्पर्कमा आएइसकेकाे प्रहरी नायव उपरीक्षक बुढाले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…