• काठमाडौं । सांसद धनबहादुर बुढालाई राजीनामा गराउने षडयन्त्र भएको भन्दै डोल्पाका युवाहरुले आपत्ति जनाएका छन् ।

    सांसद बुढालाई राजीनामा गराएर उक्त क्षेत्रबाट बर्दियाबाट चुनाव हारेका नेकपाका नेता वामदेब गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन चलखेल भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

    युवाहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांसद बुढाले डोल्पाली जनताको विश्वास जितेको र उनलाई पाँच वर्षसम्म काम गर्न दिन नेकपाको नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् ।

    पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्रीसमेत रहेका बुढालाई राजीनामा दिन लगाएर वरिष्ठ नेता गौतमलाई उपनिर्वाचनमार्फत् डोल्पाबाट सांसद बनाउने चर्चा चेलेको छ । तर, यो कुरा आफूहरुलाई मान्य नहुने डोल्पाका युवाहरुले चेतावनी दिएका छन् ।

    उनीहरुले निर्वाचनमा हार खाएका वरिष्ठ नेता गौतमलाई सांसद बनाए त्यो नेकपाका लागि इतिहासको सबैभन्दा ठूलो कलंक हुने तर्कसमेत गरेका छन् ।

    जनताका आशा र भरोसाका रुपमा रहेका बुढालाई राजीनामा दिन कुनै पनि हिसाबले नमिल्ने भएकाले त्यसो नगर्न नेकपालाई सचेत गराउनु परेको डोल्पाका युवा राजीव शाहीले बताए ।

    डोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद बुढाले निर्वाचनमा अत्याधिक मत पाएका थिए । स्थानीयले बुढा पाँच वर्षका लागि आफ्नो प्रतिनिधि भएकाले कसैले पनि बीचमा राजीनामा नगराउन नमिल्ने तर्क पनि गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…