• उर्लाबारी । उर्लाबारी नगरपालिकाले गत आर्थिक वर्ष २०७४/७५ मा आन्तरिक श्रोतबाट रु २ करोड १३ लाख ३ हजार २३१ रुपैँया राजश्व संकलन गरेको छ ।
    नगरपालिका कार्यालयले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी गत आर्थिक वर्षमा भएका प्रगतिबारे जानकारी गराएको हो । नगर प्रमुख खड्ग फागोले गत आर्थिक वर्षमा २ करोड २५ लाख आन्तरिक श्रोतबाट राजश्व संकलन गर्ने लक्ष्य लिएपनि २ करोड १३ लाख संकलन भएको हो । उर्लाबारीमा गत आर्थिक वर्षमा १६ वटा कालोपत्रे निर्माणयोजना मध्ये ८ वटा सम्पन्न भईसकेको र ७ वटा निर्माणको क्रममा रहेको छ । जसअन्र्तगत ६ हजार तीन सय ६१.५६ मिटर सडक कालोपत्रे भएको नगर प्रमुख फागोले बताउनुभयो ।



    सडक कालोपत्रेका लागि नगरपालिकाले ३ करोड ७५ लाख ६ हजार ८२ रुपैया वितरण गरेको थियो । उर्लाबारीमा गत आर्थिक वर्षमा ४२ वटा ड्रेन निर्माणको योजनामध्ये ३९ वटा सम्पन्न भईसकेको र ३ वटा निर्माणको क्रममा रहेको छ । २० हजार ८ सय ७६.८० मिटर ड्रेन निर्माणका लागि नगरपालिकाले ३ करोड ९४ लाख ३९ हजार ९८५ रुपैया छुट्याएको थियो ।

    यस्तै गत आर्थिक वर्षमा उर्लाबारीमा ६४ वटा ग्राभेल निर्माण योजना मध्ये ६१ वटा सम्पन्न भईसकेको र ३ वटा निर्माणको क्रममा रहेको छ । ४५ हजार एक सय १०.४४ मिटर लामो सडक ग्राभेलका लागि नगरपालिकाले ४ करोड ११ लाख १३ हजार ५३७ रुपैया छुट्याएको थियो । यस्तै १५ वटा कल्भर्ट निर्माण मध्ये १४ वटा सम्पन्न भईसकेको र एक वटा निर्माणको क्रममा रहेको छ । कल्भर्ट निर्माणका लागि नगरपालिकाले १ करोड ३४ लाख ९५ हजार रपैया बजेट बिनियोजन गरेको थियो ।

    गत आर्थिक वर्षमा १९ वटा साना सिँचाई योजना मध्ये १६ वटा सम्पन्न भईसकेको र ३ वटा निर्माणको क्रममा रहेको छ । साना सिँचाई निर्माणका लागि नगरपालिकाले तीन करोड ३८ लाख ९१ हजार ३४१ रुपैया बिनियोजन गरेको थियो । नगरपालिकाको शहरी स्वास्थ्य केन्द्रबाट गत आर्थिक वर्षमा ४ हजार १९५ जनाले स्वास्थ्य सेवा लिएका छन् । उनीहरुले सो केन्द्रबाट स्वास्थ्य उपचार, औषधी र परामर्श लिएका हुन् । नगरपालिकाको न्यायिक समितिमा गत आर्थिक वर्षमा ८४ वटा उजुरी परेका थिए । नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीका अनुसार ती उजुरीमध्ये ३५ वटा मेलमिलाप भएको, ४६ वटा मेलमिलाप हुन सकेनन् ।

    पत्रकार सम्मेलनमा नगर प्रमुख फागोले उर्लाबारी नगरपालिकाको शिक्षा शाखा, स्वास्थ्य शाखा, कृषि विकाश शाखा, आर्थिक शाखा, महिला तथा बालबालिका विकाश शाखा लगायतका शाखाहरुको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । गत आर्थिक वर्षमा उर्लाबारी नगरकार्यपालिकाको १८ वटा बैँठक बसेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…