• उर्लाबारी। उर्लाबारी क्लबले आगामी भदौँ १६ गते उर्लाबारीमा मेघा फेसन सो एण्ड म्युजिक फिएष्टा टु आयोजना गर्ने भएको छ ।
    क्लबले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिएको हो ।

    क्लबका अध्यक्ष दिनेश श्रेष्ठका अनुसार भदौँ १६ गते बेलुका ५ बजेदेखी १० बजेसम्म उर्लाबारी पार्टी प्यालेसमा शो सुरु हुनेछ । बिभिन्न प्रयोजकहरुको सहयोगमा गरिने सो कार्यक्रम सम्पन्न गर्नका लागि रु १४ लाख खर्च लाग्ने कार्यक्रम संयोजक एवम् क्लबका सचिव शोभित पुरीले जानकारी दिनुभयो ।
    कार्यक्रममा पूर्वका १२ जना मोडलले आफ्नो शो प्रस्तुत गर्नेछन् । चर्चित सांगीतिक जोडि उदय मनिला सोताङ को विशेष प्रस्तुति रहने छ । उनिहरुलाई प्रलय ब्याण्ड धरान ले सहयोग गर्ने छ्न । मिस नेपाल २०१७ निकिता चाण्डक विशेष गेस्ट को रूपमा रहने का साथै मिस पुर्वाञ्चल नेमिता आङ्बोहाङ को उद्घोषण रहने छ ।यो कार्यक्रम लाई सफल पार्न अविस बुटिक उर्लाबारी ,निलडेविट सैलुन उर्लाबारी ,उर्लाबारी फेसन हाउस ,सु-ला ला ,श्रेयन सटिङ सुटिङ ,भिजन फाउन्डेसन नेपाल लगाएतले सहयोग गर्ने जानकारी दिईएको छ । कार्यक्रम मा भीआईपीलाई समावेश गराईने कार्यक्रममा फर्मल ड्रेस लगाउनेले मात्र सहभागिता जनाउन पाउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…