• उर्लाबारी साउन १८ । मोरङको केराबारी गाँउपालिका २ सिंहदेवीबाट लेटाङ तर्फ आउदै गरेको पिकअप भ्यान शुक्रवार दिउँसो लेटाङको कुइकुण्डा भन्ने ठाउँमा दुर्घट्ना हँुदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ ।
    शुक्रवार मध्यान्ह यात्रु लिएर आउदै गरेको मे १ ज १११५ नम्बरको महिन्द्र पिकअप भ्यान भिरालो बाटोमा ब्रेकफेल भई भिरबाट खस्दा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतको आसाम घर भएका २१ बर्षीय कपन ठकुरी र धनकुटा चौविसे ८ आइतवारेकी ५० वर्षिय चन्द्रमाया लिम्बु रहेका इलाका प्रहरी कार्यालय लेटाङले जानकार िदिएको छ ।



    दुर्घट्नामा परी घाइते ११ जनालाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको र सामान्य घाइते भएका केही घर फर्किएको प्रहरीले जनाएको जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…