• राक संवाददाता
    विराटनगर, श्रावण १८

    बारम्बार पहल गर्दा पनि संचारगृहले तलब नदिएपछि माउण्टेन टेलिभिजन प्रदेश नं १का पत्रकार तथा कर्मचारीहरु अन्दोलनमा उत्रिएका छन् । उक्त टेलिभिजनको पुर्व क्षेत्रिय प्रशारण केन्द्रका निमित्त प्रमुख दिनेश खड्काले बारम्बार केन्द्रिय कार्यलयसंग यस प्रदेशको पत्रकार तथा कर्मचारीहरुको तलब भुक्तानी गर्न अनुरोध गर्दा पनि विभिन्न बहाना पार्दै महिनौ देखि झारो टार्दै आएपछि आफुहरु अन्दोलन उत्रन बाध्य भएको बताएका छन् । खड्काका अनुसार लामो समयदेखी अनुरोध गरिरहदा पनी टेलिभिजनले तलब नपठाएपछि प्रशारण केन्द्रको कामकाज केहि साता देखि कर्मचारीहरुले ठप्प पारेका थिए । कर्मचारीलाई तलब भुक्तानी गरी समस्याको समाधन गर्नको साटो केन्द्रवाट कर्मचारी पठाएर जवरजस्तीरुपमा कार्यलय पुन: संचालन गरेको खड्का बताउछन् । खड्का भन्छन् ''टेलिभिजनले पेमेन्ट गर्ने सवालमा आजभोली भन्दै झारो टार्दै आएको थियो, जब हामीले सशक्त रुपमा प्रतिकार गर्यौ टिभिले दादागिरि ढंगले केन्द्रवाट केदार कोइरालालाई पठाएर हामीलाई हतोसाहित पार्ने काम गर्यो ।''
    उक्त टेलिभिजनको निरंकुश निर्णयको विरुद्ध अहिले खड्का सहित टेलिभिजनका बाहलवाल र पुर्वकर्मचारीहरु सशक्त आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बिहिबार पत्रकार महासंग मोरङ र पत्रकार महासंघ प्रदेश १ कमिटिका पदअधिकारीलाई भेटी टेलिभिजनको उक्त कदम विरुद र पारिश्रमिक नपाएको विषय कारवाहीको माग गर्दै उजुर पत्र समेत बुझाएका छन् । पत्र बुझाएपछि खड्काले भने ''म अन्तिम प्राणसम्म टेलिभिजनले गरेको अन्यायको विरुद्ध लड्छु, केन्द्रभन्दा बाहिर रहेका पत्रकारको परिश्रमिक शोषण गर्नु हुदैन भन्ने नजिर यसपटक हामी स्थापित गर्छौ ।''
    माउण्टेन टेलिभिजनको प्रदेश नं एक अन्र्तगत विभिन्न जिल्लाका पत्रकारहरुले २ महिना देखि १४ महिनासम्म तलब नपाएको र कार्यलयमा खर्च भएको लाखौ रुपैया भुक्तानी टेलिभिजनले नदिएको पिडित पत्रकाहरुले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…