काठमाडौँ । नेपाल र नेदरल्याण्डस्स्बीचको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले घरेलु टोलीलाई १ रनले पराजित गरको छ। एक दिवसीय शृंखला १-१ को बराबरीमा सकिएको छ।
नेदरल्याण्डस्को घरेलु मैदानमा जारी प्रतियोगितामा नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस्ले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै ११५ रन मात्र बनाएपछि नेपाल एक रनले बिजयी बनेको हो।
नेपालका सन्दिप लामिछानेले ३ विकेट तथा ललित भण्डारीले २ विकेट लिए। सोमपाल कामी, पारस खड्का, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट झारे।